
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ६ असार । अविरल बर्षाका कारण कास्कीको खिलाङ र तप्राङ गाउँ नैं जोखिममा परेको छ । वर्षाका कारण वडा नं. १ खिलाङ गाउँ र वडा नं. ६ को तप्राङ गाउँमा पहिरो जाँदा घरगोठ भत्किएका छन् ।
पहिरोको कारण पोखराको काहँुखोलादेखि दूधपोखरी सडक पनि अवरूद्ध भएको छ । खिलाङ गाउँका ३५ घरधुरीहरु पहिरोको उच्च जोखिममा परेका छन् । पोखराबाट सिक्लेस जाने बाटोमा पर्ने यो खिलाङ गाउँमा करिब १५० घरधुरी रहेका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोले तप्राङको भेडिखर्कमा स्थानीय वीरबहादुर रानाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र अरू २ वटा घरलाई पनि बस्न नमिल्ने गरी जोखिममा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा
मादी वडा नम्बर ६ का वडाध्यक्ष दीलबहादुर क्षेत्रीका अनुसार भेडिखर्कका बिरबहादुरको घर जगबाटै पहिरो गएको र भैंसीगोठ र कुखुराको खोर पनि बगाएको छ । तप्राङकै सयपत्री टोलका सूर्यबहादुर थापाको घर, गोठ र कुखुराको खोर पनि पहिरोले बगाएको छ । पहिरोले घर गोठ भत्किए पनि मानवीय र पशुपंक्षीको क्षति भने भएको छैन ।
मादी वडा नम्बर १ खिलाङ गाउँमा पनि पहिरोले स्थानीय डुमप्रसाद गुरूङको गोठ पुरेको छ । गोठमा बाँधेर राखेका दुईवटा भैसी पहिरोले पुरेको स्थानीयले जानकारी दिए । पहिरोले पु¥याएको क्षतिका विषयमा थप विवरण भने आउन बाँकी नैं छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘विहान ६ः३० बजेदेखि नैं यस घटनाको विषयमा जानकारी प्राप्त भएको थियो । तत्कालैं हामीले अवरुद्ध सडक सञ्चालनको लागि डोजरको प्रयोग गर्न लगाएका छौं र जोखिममा परेका घरहरुको विवरण संकलन कार्य पनि भईरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी शर्माले जोखिममा परेका घरहरुको अवस्थाका विषयमा स्थलगत रुपमा नैं बुझ्न र उनीहरुलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न सम्बन्धित निकाय, जनप्रतिनिधि र प्रहरी प्रशासनलाई निर्देशन दिईएको पनि बताईन् ।


१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक