
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ ।
पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । पोखराका वडा नं. ८, ९, १०, १४, १७, १८, २०, २१, २३, २४, ३२ र ३३ का वडाध्यक्षहरुले यातायात सुविधाका नाममा वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार पाँचसय रुपैयाँ राज्यलाई नैं फिर्ता गर्नुपर्ने भएको छ ।
ठेक्कापट्टा लगायतका कार्यहरुमा कतिसम्म सेटिङ गरेर लाभ लिए होलान् ? यस्ता घटनाहरुले हाम्रा जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाईदिएको छ ।
जग्गा दलाली, विचौंलिया, पेटी ठेकेदारदेखि चुनावको मुखमा टिकट किनेर राजनीतिमा उदाएका पोखराका अधिकांश जनप्रतिनिधिहरुले यसरी पचाएको रकम असुली गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन नैं दिएको हो । सामान्य भत्तामा लाजै पचाएर यसरी दोहोरो रुपमा लिन सक्ने जनप्रतिनिधिहरुले ठेक्कापट्टा लगायतका कार्यहरुमा कतिसम्म सेटिङ गरेर लाभ लिए होलान् सहजैं वडावासीहरुले अनुमान लगाउन सक्नेछन् । यस्ता घटनाहरुले हाम्रा जनप्रतिनिधिहरुको नियतलाई उदाङ्गो बनाईदिएको छ ।
गण्डकी प्रदेश सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७६ को दफा ४ को उपदफा ३ मा कुनै वडाअध्यक्षले यातायात सुविधा वापत कुनै सवारी साधन वा इन्धन सुविधा पाएको भए यातायात सुविधा वापतको रकम नपाउने व्यवस्था रहेको छ । तर महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ ।
वडाध्यक्षहरुले यातायात सुविधाका नाममा वार्षिक १८ हजार रुपैयाँका दरले लिएको एक लाख ८७ हजार पाँचसय रुपैयाँ राज्यलाई नैं फिर्ता गर्नुपर्ने भएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदनमा स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा यातायात सुविधावापत मासिक एकहजार पाँचसय रुपैयाँ लिएको खुलेको छ ।
यसरी सुविधा लिनेहरुमा वडा नं. ८ का वडाध्यक्ष ‘टिकटके’ रुद्रनाथ बराल, वडा नं. ९ का वडाध्यक्ष एवम् पेटी ठेकेदार दीपेन्द्र मर्सानी, वडा नं. १० का वडाध्यक्ष राजेश गुरुङ, वडा नं. १४ का वडाध्यक्ष एवम् जग्गा कारोबारी बोधबहादुर कार्की, वडा नं. १७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडा नं. १८ का वडाध्यक्ष् शिव प्रसाद तिमिल्सिना, वडा नं. २० का वडाध्यक्ष गंगाबहादुर खत्री, वडा नं. २१ का वडाध्यक्ष एवम् सहकारी ठगीमा मुछिएका दिपकप्रसाद सुवेदी, वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, वडा नं. २४ का वडाध्यक्ष एवम् जातीय विभेदको मुद्दा खेपिरहेका भरतबहादुर अधिकारी, वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा नं. ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी