
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले न्यायाधीशलाई जहाँ कालोमोसो छ्यापिएको थियो, त्यहाँ गोली पनि पड्किन सक्ने चेतावनी दिएका छन् ।
कांग्रेस पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि कालोमोसो दलेको प्रसङ्गमा बोल्दैं विद्यार्थी नेता बोहराले इजलासमा पुगेर भ्रष्टाचारीहरुलाई सांकेतिक रुपमा कारवाही गरिएको बताए ।
न्यायाधीशलाई कालोमोसो दलेको आरोपमा प्रहरीले नेकपा (बहुमत)का तीनजना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै पोखरामा शुक्रबार राति मशाल जुलुश प्रदर्शन गरिएको हो। पोखराको जाल्पारोड, सिर्जनाचोक, सभागृहचोक हुँदैं मशाल जुलुश पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रेम प्रशान्त बोहरा
कोणसभामा बोल्दैं प्रदेश इञ्चार्ज बोहराले भ्रष्टाचारी, दलाल, मिटरव्याजी, घुसखोर लगायत राष्ट्रघातीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिए । उनले पोखरा महानगरपालिकाको वेथिति, फेवातालको मापदण्ड कार्यान्वयनमा भएको चलखेल र पातले छाँगो (डेभिज फल्स)को ठेक्कापट्टा लगायतका विषयमा चलखेल गर्नेहरुलाई नेकपा (बहुमत)ले नजिकबाट नियालिरहेको बताए ।
जिउँदै मानिसलाई इट्टाभट्टामा जलाएर हत्या गर्ने पूर्वमन्त्री आलमलाई सफाई दिने न्यायधीश थारुलाई कालोमोसो दलेको आरोपमा प्रहरीले केन्द्रीय सदस्यहरु अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोलाई पक्राउ गरेको छ ।
शुक्रबार आयोजना गरिएको मशाल जुलुशमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य सबिन ओली, विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहरा, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सचिव लोकेन्द्र राई, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजन राजन साउद र क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य सूर्य परियार लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन