News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

जिप दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते

चालक र यात्रु लुम्बिनीको अवस्था गम्भीर, घाइतेको प्रादेशिक अस्पतालमा उपचार हुँदैं

बागलुङ, ३० जेठ । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो।

जिप सडकदेखि करिब ६० मिटर तल खसेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

घाइतेहरूमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरू सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर छन्।

जिप चालक गोविन्द र यात्रु लुम्बिनीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए। घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।