
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा, २८ जेठ । विद्यार्थीलाई कुटेर अस्पताल भर्ना हुन पर्ने गरी घाइते बनाउने अमरसिंह माध्यमिक विद्यालय रामघाट पोखरा-१२ का शिक्षक दीपक दाहाललाई मंगलबार बर्खास्त गरिएको छ । विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले अभिभावक र विद्यार्थी माझ माईन्यूट पढ्दैं शिक्षक दाहाललाई बर्खास्त गरिएको जानकारी गराए ।
कक्षा १० (ख)का छात्र अच्युत केसीलाई आइतबार कम्प्युटर शिक्षक दाहालले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ष्णप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकले शिक्षक दाहालसँग स्पष्टिकरणको माग गरी शिक्षा नियमावली अनुसार बर्खास्त गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्कुलका प्रधानाध्यापक, शिक्षक, पीडित अभिभावक तथा विभिन्न विद्यार्थी संगठनका जिम्मेवार नेताहरुको उपस्थितिमा भएको बैठकमा अब आउने समयमा यस्ता गतिविधि दोहोरिन नदिने निर्णय समेत गरिएको छ ।

शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थी
जेठ २५ गते आइतबारका दिन शिक्षक दाहालले अच्युतलाई अनुहारमा रगत नैं जम्ने गरी कञ्चन र कान वरपर दर्जनौंपटक थप्पड र मुक्कैं मुक्काले हानेका प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताएका छन् । यसअघि पनि कैयौं विद्यार्थीलाई शिक्षक दाहालले यसरी नैं निर्घात कुटपिट गर्दै आईरहेका थिए ।
उनले यसभन्दा अघि पढाउने विभिन्न स्कुल र अमरसिंह माविमा समेत विद्यार्थीको हातैं भाँचिदिएकोमा उपचार खर्च व्यहोर्दै घटना गुपचुप राखिएको आरोप अभिभावकहरुले लगाएका छन् ।
यस घटनाका सन्दर्भमा अखिल (समाजवादी)का केन्द्रीय सचिव प्रकाश बास्तोला ‘मार्शल’, नेवि संघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेल, अखिल (समाजवादी)का कास्की जिल्ला इञ्चार्ज पुरन पुन, अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष होम तामाङ, अनेरास्ववियु कास्की जिल्ला उपाध्यक्ष नितेश घिमिरे, अनेरास्ववियु कास्की जिल्ला सचिव गणेश ढुङ्गाना, अखिल (क्रान्तिकारी) पोखरा महानगर इञ्चार्ज मनिष तामाङ, विद्यार्थी नेता मिलन देवकोटा लगायतको निरन्तर खबरदारी र दवाव पछि शिक्षक दाहाललाई बर्खास्त गरिएको हो ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइराला, सदस्यहरु क्रमशः गोविन्दप्रसाद घिमिरे, बलराम ढुङ्गाना, शान्तबहादुर थापा, धनमाया गुरुङ, प्रेमप्रसाद गौतम, शिक्षक प्रतिनिधि राजेन्द्रप्रसाद बस्ताकोटी, इन्द्रप्रसाद गुरुङ र प्रधानाध्यापक पोखरेलको उपस्थिति रहेको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका सभापति बुद्धिबहादुर घिमिरे, धनमाया गुरुङ, सहायक प्रधानाध्यापक सुदिप आचार्य, राजेन्द्रप्रसाद अधिकारी र तिलक तिवारी लगायतको बैठकमा सहभागिता रहेको थियो ।
धनमायाको गैरजिम्मेवारपूर्ण प्रस्तुती :

धनमाया गुरुङ
बैठकका क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य धनमाया गुरुङको प्रस्तुति भने निकै अशोभनीय देखिन्थ्यो । सदस्य गुरुङले पीडित अभिभावकलाई थप पीडा र अपमान हुने गरी बोलिरहेकी थिईन् ।
उनको भनाईले गर्दा एकछिन विवाद चर्किएको र बैठकमा सबै आक्रोशित भएका थिए । सदस्य गुरुङले आफ्नो शैली र प्रस्तुती नसुधार्ने हो भने पुनः यस्ता घटनामा विद्यालय व्यवस्थापन समितिले नैं ठुलो झमेलाको सामना गर्नुपर्ने देखिन्छ ।
शिक्षक र व्यवस्थापन समितिको मनोपली :
साथैं बैठकमा कक्षा १० मा पढ्ने विद्यार्थीहरुलाई जबरजस्ती ट्युसन पढ्न बाध्य बनाउने, आफ्ना निजी होस्टेलहरुमा बस्न बाध्य बनाउने र निजी होस्टेल सञ्चालकको ईशारामा विद्यार्थीमाथि त्रास फैलाउने गरेको गुनासो अभिभावकहरुले राखेका छन् ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुले आफ्ना बुहारी, नातेदार लगायत जनप्रतिनिधिका आफन्तलाई बिना प्रतिस्पर्धा जागिर लगाउने र मनोपली गर्ने गरेको आरोप पनि विद्यार्थी संगठनका नेताहरुले लगाएका छन् । यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले आफ्नो कमिकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण