
१नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
२अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
३१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
४काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
५ओली र लेखक पाँच दिन थुनामा
६तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
७सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
८काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
९भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
१०बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
११जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
१२ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
११कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा, २५ जेठ । अमरसिंह माध्यमिक विद्यालय, रामघाटका कम्प्युटर शिक्षक दिपक दाहालले आइतबार आज एक विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घाइते विद्यार्थीको पार्कल्याण्ड हस्पिटल अमरसिंहमा उपचार भईरहेको छ ।
कक्षा १० (ख) मा पढ्ने एकजना छात्रलाई कम्प्युटर शिक्षक दाहालले देव्रे साइडको कन्चट र कानको बिचको जोर्नींमा मुक्कै मुक्काले हानेका थिए । रिसले विक्षिप्त बनेका शिक्षक दाहालको कुटाईबाट विद्यार्थीको अनुहार भरी पनि चोट लागेको छ ।
घाइते विद्यार्थीको कानमा बढि चोट लागेको र श्रवण क्षमतामा समस्या देखिएको उपचारमा संलग्न अभिभावकले डन न्यूजलाई जानकारी दिए । घाइते विद्यार्थीका अनुसार आइतबार अन्तिम पिरियडमा ट्युसन क्लासका विषयमा जानकारी दिईरहँदा सामान्य हाँसेको विषयलाई लिएर उनीमाथि निर्घात कुटपिट भएको थियो ।

अमरसिंह माध्यमिक विद्यालय, पोखरा–१०, रामघाट ।
शिक्षक दाहालले किन हाँसेको भन्दैं निर्घात रुपमा कुटपिट गर्न थालेपछि अन्य छात्राहरु आत्तिएर रुवावासी गरेका थिए । एकदमैं पागल जसरी आक्रोशित भएर कुट्न थालेपछि विद्यार्थीहरु शुरुमा त डरले केही समय चुपचाप बसेको तर पछि कुट्दा कुट्दै सास नै फेर्न नसक्ने अवस्थामा साथी ढलेपछि सबै आत्तिएर साथी मर्यो सर छोडिदिनुस् न भन्दैं होहल्ला गरेको प्रत्यक्षदर्शी विद्यार्थीले अभिभावकलाई बताएका छन् ।
गर्दनमा समातेर विद्यार्थीलाई घोक्राउँदैं उनले कक्षा कोठाको सबैभन्दा अगाडि लगेर थप पिट्नका लागि एकजना विद्यार्थीलाई पाइप ल्याउन समेत लगाएका थिए । ती अर्का विद्यार्थीले पिट्न नमिल्ने खालको अलि लामो पाइप ल्याइदिएको विद्यार्थीहरुले बताए । त्यहीं बेलामा अर्का शिक्षक कक्षा कोठामा आईपुगेपछि मात्र बल्ल उनले पिट्न छाडेका थिए ।
विद्यार्थीका अनुसार यस अघि पनि शिक्षकले यसैंगरी एकजना विद्यार्थीको हात नैं भाँचिदिएका थिए । पटक-पटक विद्यार्थी यसरी कुटिईरहँदा पनि विद्यालय प्रशासनले आजसम्म कडाईका साथ कारवाही गरेको भने देखिदैंन ।
पोखराको शैक्षिक क्षेत्रमा बेग्लैं पहिचान बनाएको यस विद्यालयमा हुने यस्ता अराजक र अपराधिक घटनाले विद्यार्थीको मानसिकतामा पार्ने असर, त्रास र अभिभावकहरुले भोग्नु परेको सन्तापलाई समयमा नैं सम्बन्धित निकायले उचित सम्बोधन नगर्ने हो भने भयावह स्थिति आउने निश्चित छ ।

मरणासन्न हुने गरी विद्यार्थी कुट्ने शिक्षक दीपक दाहाल ।

शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने