
१सहकारी क्षेत्रमा आमूल परिवर्तन
२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
३‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
४‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
५नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
६स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
७जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
८हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
९८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा हावी भएपनि विन्दु थापाको राजनीतिक इतिहास र योगदान भने शुन्य छ । निकै विवादास्पद पात्र थापालाई रिझाउन वडाध्यक्ष उर्फ पेटी ठेकेदार दीपेन्द्र मर्सानीले आफ्नै सहकर्मी भावना श्रेष्ठमाथि दुर्व्यवहार र असहयोग गर्दै आईरहेका छन् ।
पोखरा, २५ जेठ । जब जग्गा दलाल, विचौंलिया, पेटी ठेकेदार र भ्रष्ट पात्रहरु जनप्रतिनिधिका रुपमा निर्वाचित हुन्छन् भने उनीहरुको हर्कत र दम्भ कस्तो हुन्छ त ? अब यो प्रश्नको उत्तर खोज्न टाढा जान नपर्ने भएको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् पेटी ठेकेदार दीपेन्द्र मर्सानी र वडासचिव कुलराज पौडेलको हर्कत र दम्भले यो प्रश्नको सटिक र पेचिलो उत्तर दिईरहेको छ ।
वडाध्यक्ष मर्सानी वारम्बार पेटी ठेकेदार कैं हैशियत र स्वभाव देखाउँदैं विवादमा आईरहन्छन् । वडावासी, जनप्रतिनिधि र पोखरा महानगरपालिकाका कर्मचारीमाथि धाकधम्की दिने, पक्का टोले गुन्डाको शैलीमा धम्क्याउने र दुर्व्यवहार गर्ने प्रवृत्ति अझैं पनि वडाध्यक्ष मर्सानीले सुधारेका छैनन् ।
पछिल्लो समय वडा नं. ९ को कार्यालय रमिताको थलो बनेको छ । वडाध्यक्ष मर्सानीको हर्कतका कारण सँगैं निर्वाचित जनप्रतिनिधिमाथि पनि त्यहाँका कर्मचारीले दुर्व्यवहार र अपमान गर्ने गरेका घटनाहरु सार्वजनिक भईरहेका छन् ।
पछिल्लो समय वडाध्यक्ष मर्सानीले २०८० सालको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनावी मैदानमा उठेका नवप्रवेशी नेता विन्दु थापालाई असहयोग गरेको आरोप लागेकी आफ्नैं वडासदस्य भावना श्रेष्ठमाथि असामान्य व्यवहार र हर्कत गरेर बदला लिने काम गरिरहेका छन् । पछिल्लो घटनामा वडासदस्य श्रेष्ठमाथि कांग्रेसका नेता थापा, वडाध्यक्ष मर्सानी र वडासचिव कुलराज पौडेलले योजनावद्ध ढंगबाट दुर्व्यवहार गर्ने र प्रतिशोध साँध्ने काम गर्दै आईरहेका छन् । एकजना महिला वडासदस्यलाई दिइएको यो चरम मानसिक, सामाजिक र नैतिक यातनाका विरुद्धमा यतिबेला वडावासीहरु आक्रोशित छन् ।
पछिल्लो घटनामा वडासदस्य भावना श्रेष्ठमाथि कांग्रेसका नेता थापा, वडाध्यक्ष मर्सानी र वडासचिव कुलराज पौडेलले योजनावद्ध ढंगबाट दुर्व्यवहार गर्ने र प्रतिशोध साँध्ने काम गर्दै आईरहेका छन् । एकजना महिला वडासदस्यलाई दिइएको यो चरम मानसिक, सामाजिक र नैतिक यातनाका विरुद्धमा यतिबेला वडावासीहरु आक्रोशित छन् ।
जग्गा कारोबारीका रुपमा चिनिने थापा तत्कालिन अवस्थामा नेपाल राष्ट्र बैंकमा डलर सटही शाखामा खचाञ्जीका रुपमा कार्यरत थिए । तत्कालिन अवस्थामा डलर सटहीमा गडबड गरेपछि थापामाथि कारवाही भएको विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएका थिए । धेरै काण्डहरुमा मुछिएका विवादित पात्र थापा पछिल्लो समय जग्गा दलालीको कारोबारबाट मनग्गे आम्दानी गरेपछि एकाएक नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् ।
जग्गा दलालीबाट पैसाका भरमा राजनीतिमा आएका नेता थापाले राज्यशक्तिको दुरुपयोग गर्दै आफ्नो जग्गा प्लटिङ गरेको ठाउँमा सरकारी बजेटको चरम दुरुपयोग गरेका छन् । मन्त्रालयमा खोज्ने हो भने उनका जग्गा प्लटिङ भएका ठाउँहरुमा नियोजित रुपमा बजेट छुट्याएर सस्तोमा किनिएको घडेरीमा प्लटिङ गर्दै बाटो पुर्याउने काम भईरहेको छ । बाहिरी आवरणमा तलब, भत्तादेखि सुविधा नलिएको प्रचारबाजी जे जस्तो गरेको देखिएता पनि नेता थापाले भित्री आवरणमा चरम राज्य दोहन गर्दै आईरहेका छन् ।
वडावासीसहित वडा कार्यालय पुगेकी वडासदस्य श्रेष्ठमाथि वडा सचिव पौडेलले जनप्रतिनिधिलाई चिन्दिन भन्दैं जुन हर्कत र व्यवहार देखाए यसले पनि पेटी ठेकेदारले चलाएको वडा कार्यालयको वास्तविक अवस्था र शैली प्रष्ट झल्किन्छ ।
पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा हावी भएपनि थापाको राजनीतिक इतिहास र योगदान भने शुन्य छ । निकै विवादास्पद पात्र थापालाई रिझाउन वडाध्यक्ष मर्सानीले आफ्नै सहकर्मी श्रेष्ठमाथि दुर्व्यवहार र असहयोग गर्दै आईरहेका छन् ।
पेटी ठेकेदार मर्सानीले आफ्नै सहयोद्धा वडासदस्य श्रेष्ठमाथि गरेको व्यवहार र वडाध्यक्ष मर्सानीको ईशारामा वडा सचिव कुलराज पौडेलले देखाएको हर्कतले यतिबेला वडावासी पनि आक्रोशित भएका छन् । वडावासीसहित वडा कार्यालय पुगेकी वडासदस्य श्रेष्ठमाथि वडा सचिव पौडेलले जनप्रतिनिधिलाई चिन्दिन भन्दैं जुन हर्कत र व्यवहार देखाए यसले पनि पेटी ठेकेदारले चलाएको वडा कार्यालयको वास्तविक अवस्था र शैली प्रष्ट झल्किन्छ ।

चुनावी अभियानमा पेटी ठेकेदार दीपेन्द्र मर्सानी र नेपाली काँग्रेसकी नेतृ भावना श्रेष्ठसहितको टोली
दुईजना चुल्ठेमुन्द्रे बोकेर ठेक्कापट्टा खोज्दै गल्लीनाली, सामान्य सडक र ट्यांकी बनाउँदैं हिड्ने पेटी ठेकेदार मर्सानी र उनको निजी कारिन्दाको रुपमा देखिएका वडा सचिव पौडेलको हर्कतले सिङ्गो पोखरा महानगरपालिकालाई पनि गिज्याई रहेको छ ।
आफूलाई टोले गुन्डाको नाईकेकैं रुपमा प्रस्तुत गर्ने वडाध्यक्ष मर्सानीले सर्वसाधारण जनताले केही गुनासो र विरोध गरे भने प्रहरी प्रशासनको आडमा विगतमा तर्साउँदैं पनि आईरहेका थिए । एउटा पेटी ठेकेदारलाई जनताले जुन अभिभावक मानेर मतदान दिए, आज त्यसको खिल्ली उडाउँदैं मर्सानीले आफ्नो रवाफ र दम्भ देखाएर तिनै जनताको मतको अपमान गरिरहेको स्थानीयवासी बताउँछन् ।
दुईजना चुल्ठेमुन्द्रे बोकेर ठेक्कापट्टा खोज्दै, गल्लीनाली, सामान्य सडक र ट्यांकी बनाउँदैं हिड्ने पेटी ठेकेदार दीपेन्द्र मर्सानी र उनको निजी कारिन्दाको रुपमा देखिएका वडा सचिव पौडेलको हर्कतले सिङ्गो पोखरा महानगरपालिकालाई पनि गिज्याई रहेको छ ।
यस विषयमा प्रश्न गर्न खोज्दा वडाध्यक्ष मर्सानीले फोन नै उठाएनन् । बारम्बार म्यासेज गर्दा पनि पेटी ठेकेदार मर्सानीले यसको कुनै जवाफ नैं दिएनन् । जनप्रतिनिधि भावना श्रेष्ठमाथि गरिएको दुर्व्यवहार र हर्कतका सम्बन्धमा वडा सचिव पौडेलले स्थानीय जनताकैं सामु दिएको अभिव्यक्तिले कतिसम्मको दम्भ र त्यहाँ भित्र अपमान गरिएको छ भन्ने तथ्य छर्लङ्ग भएको छ । त्यसो त हाम्रो प्रश्नमा वडासचिव कुलराज पौडेलले आफूले वडासदस्य श्रेष्ठमाथि कुनै दुर्व्यवहार र प्रतिशोध नसाँधेको दावी गरिरहे ।

आफ्नै वडाको जनप्रतिनिधि नैं नचिन्ने वडासचिव कुलराज पौडेल ।
वडा नं. ९ की वडासदस्य श्रेष्ठले वडाध्यक्ष र वडासचिवको हर्कतले आफू वडा कार्यालयमा गएर काम गर्न नसक्ने अवस्था आएको बताईन् । वडासदस्य श्रेष्ठले भनिन्–‘वडाध्यक्ष मर्सानी र वडासचिव पौडेलको हर्कतले मलाई मानसिक पीडा र काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।’
यस विषयमा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनासँग प्रश्न गर्दा वडासचिव कुलराज पौडेलको व्यवहार अशोभनीय र अक्षम्य भएको बताए । प्रवक्ता तिमिल्सिनाले भने–‘एउटा निर्वाचित जनप्रतिनिधिलाई वडावासी कैं सामु वडासचिव पौडेलले गरेको व्यवहार सामान्य छैन । यस विषयमा महानगरपालिकाले छिट्टैं आवश्यक कारवाही र प्रक्रिया अगाडि बढाउनेछ ।’
स्मरण रहोस्, पेटी ठेकेदारका रुपमा पोखरामा काम गर्दै आईरहेका मर्सानीले यसअघि पोखरा महानगरपालिकाका तत्कालिन योजना महाशाखाका प्रमुख कृष्ण तिवारीलाई पनि टोलेगुन्डाको शैलींमा गालीगलौंज गरेका थिए ।
पेटी ठेकेदार मर्सानीको यो हर्कत र गुन्डागर्दी शैलीको विरोध गर्दै महानगरपालिकाका कर्मचारीहरुले मेयर धनराज आचार्य र उपमेयर मञ्जु गुरुङलाई ज्ञापनपत्र बुझाउँदैं वडाध्यक्ष मर्सानीको हर्कतले काम गर्न सक्ने वातावरण नभएको भन्दैं आन्दोलित भएका थिए ।
नेपाली काँग्रेसका तर्फबाट निर्वाचित मर्सानी र वडासदस्य श्रेष्ठको विषयमा प्रश्न गर्दा कास्की सभापति किशोरदत्त बरालले वडा नं. ९ को घटनाले आफूहरुलाई लज्जित बनाएको बताए । यस विषयमा पार्टी कार्यालयमा समेत छलफल भएको र यस घटनाले आमजनतामा गलत सन्देश गएको भन्दैं तत्कालै यो विवादलाई मिलाउन आफूहरु छलफलमा जुट्ने उनले बताए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म