
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
मन्थली नगर विकास समितिमा अस्थाई रूपमा नायब सुब्बाको रूपमा कार्यरत रहेका भट्टले आफू कान्तिपुरको पत्रकार हुँ भनेर कर्मचारीहरूलाई धम्क्याउने, रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो।
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ निकायबाट तलब/भत्ता लिएको भन्दै कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार भनेर चिनाउने टिकाप्रसाद भट्ट विरूद्ध शुक्रबार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पत्रकार भट्टले एउटै समयमा नगर विकास समिति, कान्तिपुर दैनिक, मिडाड नेपाल (विज्ञापन एजेन्सी), सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र मन्थली बचत तथा ऋण सहकारी सबै ठाउँबाट पैसा र सुविधा लिइरहेको अनुसन्धानबाट खुलेको छ ।
उनले आर्थिक वर्ष २०४९/०५० देखि आर्थिक वर्ष २०८०/०८१ सम्म एक करोड १५ लाख ४ हजार १११ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले उनीसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

पत्रकार टिकाप्रसाद भट्ट, जसलाई एक करोड १५ लाख ४ हजार १११ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
२०४९ सालमा अस्थायी खरिदारको रूपमा नियुक्त भएका भट्टको नियुक्ति नै नियमविपरीत भएको देखिएको छ, किनभने नगर विकास ऐनमै अस्थायी कर्मचारी राख्ने व्यवस्था छैन । त्यसपछि त उनले बिना प्रक्रिया नै नायब सुब्बा पदमा रहेर बढुवा हुँदैं तलब बुझ्दैं आईरहेका थिए ।
त्यतिमात्र होइन, उनले एउटै समयमा नगर विकास समिति, कान्तिपुर दैनिक, मिडाड नेपाल (विज्ञापन एजेन्सी), सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र मन्थली बचत तथा ऋण सहकारी सबै ठाउँबाट पैसा र सुविधा लिइरहेका थिए। सरकारी कर्मचारी भएर पनि पत्रकारको हैसियत देखाउँदै भ्रमण भत्ता, बैठक भत्ता, विज्ञापनको कमिशन आदि थुप्रै सुविधा लिएका थिए ।
जसको कारण उनले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ । भट्टले विभिन्न सरकारी कार्यालयहरूमा भ्रमण, बैठक, सूचनाहरूको विज्ञापन प्रकाशन लगायतका बहानामा कमिशन तथा भत्ता बुझी राज्यलाई आर्थिक क्षति पुर्याएको आयोगको ठहर छ। यस कार्यमा कार्यालयका तत्कालीन प्रमुख र लेखा प्रमुखहरुको समेत संलग्नता देखिएको छ ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलले बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा आरोपितहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको मागसहित रु १,१५,०४,१११ (एक करोड पन्ध्र लाख चार हजार एक सय एघार रुपैयाँ) गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको मागदाबी लिई आज बिशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरूद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले थापाविरूद्ध ३ लाख ३९ हजार २८५, भण्डारीविरूद्ध दुई लाख ७ हजार ७७५, सुरेशकुमार वाग्लेविरूद्ध तीन लाख ९५ हजार ४२०, ५ लाख ९२ हजार ४६० र सुरेशप्रसाद दाहालविरूद्ध चार लाख ७९ हजार ५५० रुपैयाँ बिगो कायम गरेको छ ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मन्थली नगर विकास समितिमा अस्थाई रूपमा नायब सुब्बाको रूपमा कार्यरत रहेका भट्टले आफू कान्तिपुरको पत्रकार हुँ भनेर कर्मचारीहरूलाई धम्क्याउने, रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो ।

टिकाप्रसाद भट्ट जसले सरकारी कर्मचारी भएर पनि पत्रकारको हैसियत देखाउँदै भ्रमण भत्ता, बैठक भत्ता, विज्ञापनको कमिशन आदि थुप्रै सुविधा लिएका थिए ।
भट्ट २०४९ साउन १ गते अस्थायी खरिददारको रूपमा ६ महिनाका लागि नियुक्त भएका थिए । उनले पुनः पुस १ गते अनिश्चितकालीन म्याद थपेको अख्तियारले जनाएको छ ।
२०७० माघ १ गते अस्थायी खरिदार पदबाट नासुमा बढुवा लिएका थिए । उनले स्थायी कर्मचारी सरह गैरकानुनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्यादथप र बढुवा लिएको आरोप छ ।
कर्मचारी रहँदा २०५३ सालदेखि कान्तिपुरमा रहेर काम गर्दै आएका थिए। २०६७ पुस १ मा कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिएर नियमित पारिश्रमिक लिएका थिए । यसरी नै उनले २१ वटा विभिन्न निकायबाट पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई