
१पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
३कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
४पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
५‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
६स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
७विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
८पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
९विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
१०साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
११पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
१२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
यो मुद्दाले नेपालको न्यायप्रणाली, राजनीतिक हस्तक्षेप र पीडितको न्यायप्रति विश्वासमाथि प्रश्न चिन्ह खडा गरेको छ । आलम पुनः राजनीतिमा सक्रिय हुने अवस्थासँगैं पीडित परिवारजनहरुमा झनैं सन्त्रास छाएको छ ।
रौतहट, १५ जेठ । जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले जन्मकैद सुनाएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरले बुधबार सफाइ दिएको छ ।
जिल्ला अदालतको फैसलालाई अन्यायपूर्ण ठानी उच्च अदालतमा अपील गरेका आलमलाई न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिने निर्णय गरेपछि उनी ललितपुरको नक्खु जेलबाट आलम बुधबार साँझ रिहा भएका छन् ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचन (रौतहट–२) अघिल्लो दिन, कांग्रेस नेता आलमको निर्देशनमा चुनावमा बम बिष्फोट गराएर विपक्षी र मतदातालाई तर्साउँदैं वुथ नै कब्जा गर्ने उद्देश्यले बम बनाउन लगाएका थिए । त्यहीं क्रममा केही व्यक्तिले राजपुर नगरपालिका वडा नं. २ मा रहेको आलमको काकाको घरमा बम बनाउनेदेखि त्यसलाई ओसार्ने काम गरिरहेका थिए ।
सोही क्रममा दुर्घटनावश बम बनाउने ठाउँमा नै पड्के पछि दुई नेपाली युवा त्रिलोकप्रताप सिंह “पिन्टु“ र ओसी अख्तर सहित २० जना भारतीय नागरिक घाईते भएका थिए । आलमले घटना बाहिर नआओस् भनेर घाइतेहरूलाई बेहोस पारेर ट्रयाक्टरमा राखी इँटाभट्टामा हालेर जलाएका थिए ।
रौतहटको राजपुरमा भएको यस घटनामा संलग्न रहेको भन्दैं कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचवर्ष अघि देखि नै आलमलाई छुटाउने आश्वासन दिदैं आईरहेका थिए । यस्तो अवस्थामा कांग्रेससँग राजनीतिक सम्बन्ध रहेको आरोप लागेका न्यायाधीश खुसीप्रसाद थारुसहितको इजलासले कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको हो । न्यायाधीश थारुले यसअघि भ्रष्टाचारमा संलग्न नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पनि सफाइ दिएका थिए ।
उच्च अदालतले बम विस्फोटको ठोस प्रमाण नभएको, घाइतेहरू इँटाभट्टामा जलाइएको विश्वसनीय सबुत नपुगेको र फरेंसिक रिपोर्टले पनि हत्या पुष्टि गर्न नसकेको भन्दैं कांग्रेस नेता अफताब आलमलाई सफाई दिएको थियो ।
यस घटनाले पीडित परिवारले यो फैसला न्यायको हत्या भन्दैं आलोचना गरेका छन् । इँटाभट्टामा जलाईएका पिन्टुका बुबा श्रीनारायण सिंहले उच्च अदालतले न्याय दिन असफल भएको र अब सर्वोच्च अदालतमा जाने बताएका छन् ।
यसअघि विस्फोटको घटनामा मारिएका ओसि अख्तरकी आमा रुक्सानको समेत प्रमाण लुकाउनका लागि गोली हानी हत्या गरिएको थियो । २०६७ माघ ८ गते माईतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा अज्ञात समूहले रुक्सानाको गोली हानी हत्या गरेका थिए । रुक्साना हत्याको घटनावारे ओपन सेक्रेट हुँदा हुँदैं पनि प्रहरीले आजसम्म केही गर्न सकेको छैन ।
यो मुद्दाले नेपालको न्यायप्रणाली, राजनीतिक हस्तक्षेप र पीडितको न्यायप्रति ‘विश्वासमाथि प्रश्न चिन्ह’ खडा गरेको छ । आलम पुनः राजनीतिमा सक्रिय हुने अवस्थासँगैं पीडित परिवारजनहरुमा झनैं सन्त्रास छाएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?