
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् ।
मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति चिन्ता र संशय व्यक्त गरेका छन् । ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने ।
संविधानले दिएको स्वतन्त्रता सरकारले कुण्ठित गर्न खोजेको उनको आरोप छ । त्यसो त प्रधानमन्त्री ओलीको भनाईले नागरिकको स्वतन्त्रतामाथि नै धावा बोलिएको भन्दैं चौतर्फी विरोध भईरहेको छ ।
‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु प¥यो,’ लिङ्देनले भने ।
राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।
यस अघि राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री ओलीको भनाइमा चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । आयोगले राजनीतिक दलहरूले आन्दोलन गर्दा मानवअधिकार उल्लंघन नहोस् भनी अपिल गरेको छ ।
आयोगले यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सरकारलाई नागरिक अधिकार र शान्तिपूर्ण सभा गर्ने अधिकारमाथि कुनै पनि अतिक्रमण नगर्न आयोगले आग्रह गरेको छ । साथै, सुरक्षा निकायहरूलाई पनि कुनै पनि राजनीतिक कार्यक्रममा निष्पक्ष रहन निर्देशन दिएको छ ।
दलहरु चरम भ्रष्टाचार र वेथितिमा डुबेपछि उत्पन्न जनताको वितृष्णा र असहमतिको आवाजसँग गणतन्त्रवादी हुँ भन्ने दलहरु सबै डराएका छन् । आफ्नै हर्कत र वेथितिले गणतन्त्रको आयु छोट्याउँदैं देशलाई भ्रष्टाचारको दलदलमा डुबाएका दलहरु कतैं राजा फर्कने त होइनन् ? भन्ने डर र त्रासमा देखिन्छन् । त्यसैले गणतन्त्र स्थापनासँगैं संविधानले दिएको नागरिकको हक र अधिकारलाई कुण्ठित पार्दै प्रधानमन्त्री ओलीले तुच्छ अभिव्यक्ति दिएका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी