
१आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
२पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
३सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
४युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
८पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
९राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१०सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
११एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१२चुनावी मैदानमा विप्लव
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १२ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपति पदमा साहित्यकार तथा पत्रकार कमल पौडेल अथकले आवेदन दिएका छन् । सामाजिक विकास मन्त्रालयको ३१औं नम्बरमा उनले कार्ययोजना सहितको दरखास्त दर्ता गराएका छन् ।
अथकले मन्त्रालयले तोकेका सबै योग्यता पूरा गरी आवेदन पेश गरेको बताए । उनका अनुसार, ‘योग्यताको आधारमा आवेदन मागिएको खुसीको कुरा हो । कुनै पदमा योग्यता परीक्षण हुने अवस्था आएको गर्वको विषय हो ।’
योग्यतामा जोड, राजनीतिक नियुक्तिको विरोध
अथकले अघि योग्यता नतोकिएर आवेदन खुलाइँदा सक्षम व्यक्तिहरू पछि परेको बताए । उनले भने, ‘हाल नियुक्तिहरूमा नाता, चिनजान र ज्याक फोर्स प्रभावी भएकाले देशमा वेथिति बढेको छ । यसपटक योग्यताको आधारमा छनौट हुने भएकाले म आशावादी छु ।’
शैक्षिक र पेशागत योग्यता
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अथकले मार्केटिङ रिसर्च र ग्लोबल मार्केटिङमा पनि उच्च शिक्षा हासिल गरेका छन् । उनी वित्तशास्त्र, योजना, समाजशास्त्र र पत्रकारिताका अध्येता हुन् ।
साहित्यिक योगदान
अथकले लोकगीत, संगीत, भाषा, साहित्य र पत्रकारितालाई आफ्नो मुख्य पेशा बनाएका छन् । उनका प्रकाशित कृतिहरू :
२०५७ : रोएकी चेली (गीत संग्रह)
२०५८ : जाउँला बाटो भरतपुर (लोकदोहोरी एल्बम)
२०६२ : गजेको भोटो (गजल संग्रह)
२०६३ : हाँडीका मकै (हाइकू संग्रह)
२०६४ : सामन्तको मलामी (गीत संग्रह)
२०६५ : बसुन्धरा (खण्डकाव्य)
२०६९ : उल्टो वाँसुरी (उपन्यास)
यसबाहेक उनले १९ वटा साहित्यिक कृति, २ लोकदोहोरी एल्बम र सयौं गीत, कविता, गजल प्रकाशित गरिसकेका छन् ।
संस्थागत संलग्नता
नेपाली लेखक संघ कास्की : कार्यवाहक अध्यक्ष
रेडियो सराङ्गकोट : समाचार प्रमुख
समयदृष्टि डटकम : प्रधान सम्पादक
नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ, उपभोक्ता मञ्च लगायतमा सक्रिय
पुरस्कार र सम्मान
गजल प्रतिभा पुरस्कार २०६८ (गजल सन्ध्या पोखरा)
विभिन्न साहित्यिक र सामाजिक संस्थाद्वारा दर्जनौं पुरस्कार
भविष्यको योजना
कूलपति नियुक्त भएमा उनी गण्डकी प्रदेशको लोकगीत, संगीत, भाषा, कला, सांस्कृतिक सम्पदाको संरक्षण, अनुसन्धान र प्रवर्द्धनमा केन्द्रित गर्ने बताएका छन् ।
अथकले सामाजिक विकास मन्त्रालयप्रति योग्यतामा आधारित छनौट प्रक्रियाको आभार व्यक्त गरेका छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर