
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
काठमाडौं, ९ जेठ । काठमाडौंको तीनकुने घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले प्रतिवेदन बुझाएको हो।
सरकारी वकिल कार्यालयका प्रवक्ता गकुलबहादुर निरौलाका अनुसार प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको हो । प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलसमक्ष दिएको छ ।
अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो । त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ। यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ ।
पुर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप बिक्रम ठकुरीलाई पनि हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आगजनी गर्नेहरू र दुर्गा प्रसाईँ सहित ८ जनालाई हत्या मुद्दा चलाउनुपर्ने हाम्रो राय छ ।’ २०८१ चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा प्रदर्शन भएको थियो ।
दुर्गा प्रसाईँले बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वर तर्फ अघि बढेपछि हिंसा भड्कियो । प्रहरीले मञ्चमा अश्रुग्याँस प्रहार गरेसँगै सभा बिथोलियो र प्रर्दशनकारीहरु तोडफोडमा उत्रिए ।
प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ । अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन