
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
१२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
सिबी अधिकारी
काठमाडौँ । कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।
यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गर्नुभएको छ । उहाँले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताउनुभएको छ ।
पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,“बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढौँ ।”
पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउनुहुन्छ । “अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो । विदेशीले यो हिमाल आरोहण गरेका छन्”, उहाँले भन्नुभयो । शेर्पाका अनुसार शरद तथा आरोहणका लागि चर्चित वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । हालसम्म कति सङ्ख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन ।
वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् ।
यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको थियो । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । उक्त टोलीमा ६ विदेशी आरोही सदस्य थिए ।
कतारी राजकुमारसहितको आरोही टोलीलाई कात्तिक २९ गते पर्यटनमन्त्रीले बधाइ तथा मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको थियो । सो क्रममा राजकुमार अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्यताले आफू मोहित भएको जनाउँदै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने वाचा गर्नुभएको थियो ।
त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।
कोभिड –१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीको धारणा छ ।
कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताउनुभयो । यी आरोहणले सन् २०२१ वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उहाँको भनाइ छ ।
एशियन ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाले महामारीकै बीच अमादब्लमलगायत अन्य हिमालमा विशिष्ट व्यक्तिको आरोहणले पर्यटनमा उत्साह जगाएको र व्यवसायीलाई आशावादी तुल्याएको बताउनुभयो । आरोहण, पदयात्रालगायत गतिविधिले पर्यटन छिट्टै पुरानै लयमा फर्किने उहाँको विश्वास छ ।
अहिले सेभेन समिट ट्रक कम्पनीबाट आरोही मिङ्मा शेर्पा अमादब्लम हिमाल आरोहणको क्रममा हुनुहुन्छ । अर्का आरोही टासीलाक्पा शेर्पाको टोली पनि अमादब्लम हिमाल आरोहणका लागि गएको छ । त्यस्तै अन्य कतिपय ससाना टोली आरोहणमा निस्किएका छन् । यही याममा एशियन ट्रेकिङबाट दावा स्टेभन शेर्पासहितको टोलीले मेरापिक र बरुन्छे हिमाल आरोहण गरेको छ ।
पर्यटन विभागको पछिल्लो विववरणअनुसार शरद ऋतुको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यस याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लममा दुई तथा बरुन्छेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरदमा १० देखि १२ आरोही समूूह पुग्ने विभागको अनुमान छ । सन् २०१९ को शरद याममा मात्रै एक हजार २१० विदेशी आरोही हिमाल आरोहणका लागि नेपाल आएका थिए ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित