
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
पोखरा, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विषयमा सामाजिक सञ्जालमा गलत र भ्रमपूर्ण विषयवस्तुहरु नलेख्न रेष्टुरेण्ट व्यवसायी मेखबहादुर (राजु) क्षेत्रीलाई चेतावनी दिएको छ । नेकपा (बहुमत) जिल्ला संगठन कास्कीले पार्टीले चलाएको अभियानका विरुद्धमा गलत सन्देश प्रवाह हुने गरी क्षेत्रीले सामाजिक सञ्जालमा लेखेपछि त्यसको प्रतिवाद गर्दै सो चेतावनी दिएको हो ।
व्यवसायी राजुले अपुष्ट र कपोकल्पित आरोप लगाएको भन्दैं त्यसबाट उत्पन्न समस्याको जिम्मेवार सम्बन्धित पक्ष रहने नेकपा (बहुमत) कास्कीका ईञ्चार्ज अनन्त र सेक्रेटरी रविन्द्रले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन् । बन मुद्दादेखि कुटपिट लगायतका अनेकन् मुद्दाहरु खेपिरहेका रेष्टुरेण्ट व्यवसायी क्षेत्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का कार्यकर्ता हुन् ।
नेकपा (बहुमत)ले फेवातालको ६५ मिटर मापदण्ड मिच्दैं सार्वजनिक जमिन अतिक्रमण गर्नेहरुका विरुद्धमा पोखरामा सशक्त रुपमा अभियान नै सञ्चालन गरेको छ । यस अघि फेवातालको किनारामा मापदण्ड मिचेर बनाईएको कर्ण शाक्यको होटलमा सांकेतिक रुपमा नेकपा (बहुमत)का कार्यकर्ताले संरचनाहरु भत्काईदिएर अतिक्रमित मापदण्ड छोड्न चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेकपा (बहुमत)को अभियानमाथि नैं प्रश्न चिन्ह उठ्ने गरी क्षेत्रीले सामाजिक सञ्जालमा आक्षेप लगाएका छन् ।
पछिल्लो समय पुम्दीभुम्दीस्थित सिद्धार्थ गार्डेनका सञ्चालक ईश्वर थापालाई समेत धम्क्याएका राजुले जिल्ला प्रहरी कार्यालय कास्कीमा डिएसपी बसन्त शर्माको कार्यकक्षमा माफी मागेर अब आईन्दा यस्तो नगर्ने शर्तमा रिहा भएका थिए ।
नेकपा (बहुमत)का नेता तथा कार्यकर्तालाई लक्षित गर्दै अपराधिक प्रवृत्तिका लफङ्गाले पोखरा लेकसाईडका व्यापारीहरुलाई तिम्रो होटल मापदण्ड भित्र पर्दोरहिछ, अब हामी आएर तिम्रो होटलमा पार्टीको झण्डा गाड्छौं भन्दैं तर्साउँदैं पैसाको बार्गेनिङ गर्दै हिडिरहेको समाचार प्राप्त भएको भन्दैं स्टाटस लेखेका थिए । उनि जहिले पनि यस्तैं भ्रामक र अपुष्ट स्टाटस लेखेर विवादमा आईरहन्छन् ।
वन अतिक्रमण गरेका राजुले आफ्ना विरुद्धमा समाचार लेखेको भन्दैं २०८० चैत १६ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका लेखनाथ समाचारदाता र नेपाल दूत डटकमका प्रधान सम्पादक फणिन्द्र अकिञ्चन र उनको परिवारका सदस्यलाई फोन र म्यासेज गरेर धम्क्याएका थिए ।
राजुले रातिको समयमा सामाजिक सञ्जाल फेसबुकमा अपुष्ट र कपोकल्पित आरोप लगाउँदैं लेकसाईडका पर्यटन व्यवसायीहरुसँग धम्कीपूर्ण तरिकाले आर्थिक माग गरेको आरोप लगाएका थिए ।
ईञ्चार्ज अनन्त र सेक्रेटरी रविन्द्रले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजिबीकाको पक्षमा निरन्तर संघर्ष गर्दै आएको कुरा अवगत नै छ । साम्राज्यवाद र दलाल पुँजिपति वर्गको नियन्त्रणमा रहेको संसदीय व्यवस्थाले दिनप्रतिदिन गरेको भ्रष्टाचार, अनियमिता, लुटखसोट, हत्याहिंसा, बलात्कार, मिटरव्याज, कालोबजारी, सुदखोरी जस्ता तमाम, शोषण र उत्पीडनका विरुद्ध देशव्यापी जनसंघर्षको अभियानलाई अगाडि बढाइहेका छौँ ।’
‘वैज्ञानिक समाजवादी क्रान्तिको यात्रामा अगाडि बढिरहँदा कास्की जिल्ला भित्र रहेका मिटरब्याजी, भ्रष्टाचारी, जल तथा भु–माफियाका विरुद्ध जनसंघर्षलाई घनिभुत बनाएर अगाडि बढाइरहेको बिषय हामी सगौरव जनताको बीचमा स्पष्ट पारिसकेका छौं,’ विज्ञप्तिमा लेखिएको छ,‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौं भन्ने नाराका साथ देशैभरि भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ भन्ने उद्घोष सहित सम्पूर्ण राष्ट्रवादी, देशभक्त, बुद्धिजीवी र व्यवसायी मित्रहरूसँग आर्थिक, नैतिक र भौतिक सहयोगको पनि अपेक्षा गरिएको छ ।’
१२ वर्षदेखि बन अतिक्रमण गरी व्यवसाय गरेका राजु क्षेत्रीका हर्कत र दादागिरी:
पोखरा–२२, पुम्दी घर भएका राजु क्षेत्रीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी इलाईट क्याफे रेष्टुरेण्ट सञ्चालन गरेको भन्दैं जिल्ला वन कार्यालय कास्कीले मुद्दा चलाएको छ । बन मुद्दामा जिल्ला अदालत कास्कीबाट क्षेत्री ५० हजार धरौंटी बुझाएर तारेखमा रिहा भएका थिए ।
साविक लुकुमस्वारा गाविस वडा नं. १ हाल पोखरा–२२ को कि.नं. १२६२ को राष्ट्रिय वन क्षेत्रको १७२ बर्गमिटर क्षेत्रफल अतिक्रमण गरी गैरकानुनी रुपमा होटल व्यवसाय सञ्चालन गर्दै आईरहेका मेखबहादुुर (राजु)लगायत २२ जना विरुद्ध २०८० चैत १३ गते मुद्दा दर्ता भएको थियो । अझैं पनि गैरकानुनी रुपमा राजुले त्यहाँ व्यवसाय गर्दै आईरहेका छन् ।
यो बाहेक पटक–पटक स्थानीयमाथि हातहतियार देखाएर कुटपिट गरेको र धाकधम्की दिएको आरोपमा व्यवसायी राजु क्षेत्रीमाथि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका ईकाईहरुमा उजुरी परेका थिए ।
उनले पीडितहरुसँग हात जोडेर माफीं माग्दैं उम्किएको भएपनि यस्ता हर्कतहरु भने अझैं जारी राखेका छन् । पछिल्लो समय पुम्दीभुम्दीस्थित सिद्धार्थ गार्डेनका सञ्चालक ईश्वर थापालाई समेत धम्क्याएका राजुले जिल्ला प्रहरी कार्यालय कास्कीमा डिएसपी बसन्त शर्माको कार्यकक्षमा माफी मागेर अब आईन्दा यस्तो नगर्ने शर्तमा रिहा भएका थिए ।
यस अघि २०८० चैत १६ गते पनि राजुले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाका लेखनाथ समाचारदाता र नेपाल दूत डटकमका प्रधान सम्पादक फणिन्द्र अकिञ्चन र उनको परिवारका सदस्यलाई फोन र म्यासेज गरेर धम्क्याएका थिए । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने राजुसहित २२ जना विरुद्ध डिभिजन वन कार्यालय कास्कीले चैत १३ गते कास्की जिल्ला अदालतमा दायर गरेको मुद्दाका विषयमा समाचार लेखेकैं भरमा उनले पत्रकारलाई धम्क्याएका थिए ।
सार्वजनिक वन अतिक्रमण गरी करोडौंको ढुङ्गा बिक्री बितरण, वन कार्यालयमा अर्को पनि उजुरी दर्ता
पूर्वमाओवादी राजु क्षेत्रीले पोखरा–२२ स्थित कालिमाटी खोलाबाट शान्तिस्तुपा जाने बाटोभन्दा करिब पाँचसय मिटर उत्तरतर्फ सार्वजनिक वनको जग्गा अतिक्रमण गरी झण्डै ४ करोड रुपैयाँ बराबरका ढुङ्गा कटान गरी बेचबिखन गरेको भन्दैं स्थानीयले जिल्ला डिभिजन वन कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
त्यसस्थानमा भएका रुखहरु फडानी गरी उक्त स्थानमा क्षेत्रीले घरगोठ, पार्क लगायतका संरचना निर्माण गरेका छन् । उनले वन क्षेत्र भित्रबाट सयौं स्क्वायर मिटरका ढुङ्गा समेत झिकी बेचबिखन गरेको उजुरी परेपछि वन कार्यालयले अनुसन्धान शुरु गरेको छ ।
त्यसैगरी सार्वजनिक वनका दाउरा र काठहरु झण्डैं ५० लाख भन्दा बढि रकमको बेचबिखन गरेको पनि जाहेरीमा उल्लेख छ । सार्वजनिक बन क्षेत्रबाट निकालिएका ढुङ्गाहरु अझैं पनि बेचबिखनका लागि त्यहीं राखिएको भन्दैं छिटो भन्दा छिटो वन कार्यालयलाई अनुसन्धान गरी कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
वन अतिक्रमण गरी ढुङ्गा र रुखहरु बेचेर करोडौं असुलेका क्षेत्रीले आफू र आफ्नो धन्दा जोगाउन पूर्वमाओवादी लडाकुहरुलाई समेत प्रयोग गर्ने गरेको स्थानीय जनताले बताए । उनिहरुले भने–‘पहिला पहिला म माओवादी लडाकु भन्दैं तर्साउन खोज्थ्यो, अहिले कसैले टेर्दैनन् यसलाई । फेरि नयाँ नयाँ मान्छेहरु ल्याएर स्थानीयलाई तर्साउन खोजिरहेको छ । को को हुन् र कहाँ कहाँबाट किन आएका हुन्, सबैले बुझिसक्यौं । अब पनि त्यस्तै गरे सबै स्थानीय मिलेर यिनीहरुलाई लखेट्छौं ।’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद