
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको छ । गाउँपालिका र किसानको संयुक्त लगानीमा रायो सागको बीउ सङ्कलन र भण्डारण केन्द्र स्थापना भएको हो । केन्द्र स्थापना भएपछि घर–घरमै गएर बीउ सङ्कलन र व्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका सचिव अर्जुन पुर्जाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु आठ लाख ८१ हजार ५४६, उपभोक्ताको रु पाँच लाख बराबरको श्रमदान र गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधावापतको रकम सङ्कलन गरेर बनाएको कोषबाट रु ५० हजार गरी कूल रु १४ लाख ३१ हजार ५४६ लागतमा सो केन्द्र स्थापना भएका छन् ।
सन्ताउन्न घरधुरीले १३ दिनका दरले श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष खमबहादुर पुर्जाले बताउनुभयो । स्तरोन्नति गरेर कोल्डस्टोरसमेत बनाउन सकिने यो भवन बहुप्रयोजन र बहुउद्देश्यीय किसिमको भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताउनुभयो ।
किसानहरुले बीउ, तरकारी र आलु सङ्कलन तथा भण्डारणका अतिरिक्त सीपमूलक तालीम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न सक्नेछन् । व्यावसायिक रुपमा आलुखेतीको प्रशस्त सम्भावना भएको फलातेका साथै चित्रे, खिवाङ, कुटुका र महभीर गाउँका किसानले व्यावसायिक रूपमा मार्फा रायो जातको सागको बीउ उत्पादन गर्छन् ।
यस वर्ष प्रतिकिलो रु आठ सयका दरले २६ क्विन्टल रायो सागको बीउ फलातेबाट निकासी भएको थियो । ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा हुने, बजारमा भनेको मूल्य पाउने भएकाले रायो सागको बीउ उत्पादनमा किसानको आकर्षण बढेको छ । गाउँका सबैले बीउ उत्पादन गर्न सागखेती गरेका छन् ।
एउटा घरले थोरैमा २० केजीदेखि एक सय केजीसम्म बीउ उत्पादन गर्छन् । गत वर्षसम्म पोखरा र चितवनका व्यापारी गाउँमै आएर बीउ खरिद गरेर लैजाने गरे पनि यसपाली कोरोनाका कारण बजारको समस्या देखिएकोमा किसान चिन्तित भएका छन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बीउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । कोदो, आलु, मकैको विकल्पमा सागखेती गरेका छन् ।
दुई हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बीउ उत्पादनका लागि अनुकूल मानिएको छ । भदौमा बीउ, असोजमा बिरुवा रोपेपछि असारमा बीउ उत्पादन गर्न सकिन्छ । बीउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन । ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागवानी विकास केन्द्रले विकास गरेको हो । बीउ भण्डारण गर्ने मेटलबिन, सुकाउने त्रिपाल र बाली बीमाको सुविधा आवश्यक रहेको किसानले बताएका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु