
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
महानगरपालिकाको कार्यालयसँगैं जोडिएको सडक नेकपा एमालेका कार्यकर्ता रामकृष्ण ज्ञवालीले दुई दिनसम्म बन्द गराएका थिए । एमालेको सरकार, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँगको सेटिङका कारण सार्वजनिक सडक नै अवरुद्ध गरेर घर निर्माणका नाममा कानुनको धज्जी उडाईएको हो ।
पोखरा, ३० वैशाख । पोखरा महानगरपालिकाको कार्यालय भवन रहेको दक्षिणपट्टिको सार्वजनिक सडक दुई दिनसम्म बन्द गरेर निजी भवन निर्माण कार्य भईरहँदा सम्बन्धित निकाय मुकदर्शक बनिरह्यो ।
महानगरपालिकाको कार्यालयसँगैं जोडिएको सडक नेकपा एमालेका कार्यकर्ता रामकृष्ण ज्ञवालीले दुईदिनसम्म बन्द गराएका थिए । एमालेको सरकार, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँगको सेटिङका कारण सार्वजनिक सडक नै अवरुद्ध गरेर घर निर्माणका नाममा कानुनको धज्जी उडाईएको हो ।
घरनिर्माण कार्यका लागि अण्डरग्राउण्ड ढलान गर्ने क्रममा सडकको पुरै भाग ढाकेर गिटी, बालुवा, सिमेन्ट र छडहरु राखिएको थियो । नजिकै बालुवा र गिटी बोकेका टिपर र ट्रकहरु पनि बाटो अवरुद्ध गरेर राखिएको थियो ।
दर्जनौं कामदारहरुले सडकमा नै ढलानको मसला बनाउने, गिटी, बालुवा बोक्ने काम गरेका थिए । पोखरा महानगरपालिकाको मुख्य प्रवेशद्वारको अगाडि ‘‘बाटो बन्द छ । निर्माण कार्य हुँदैंछ ।” भनेर लेखिएको बोर्ड राखिएको थियो । सर्वसाधारण जनतालाई सडकमा लछारपछार गर्दै लखेट्ने र खेद्ने नगरप्रहरी भने विहान खुला भएको गेट पनि लगाएर भित्रैं लुकेर बसेका थिए ।
घरनिर्माण कार्यका लागि अण्डरग्राउण्ड ढलान गर्ने क्रममा सडकको पुरै भाग ढाकेर गिटी, बालुवा, सिमेन्ट र छडहरु राखिएको थियो । नजिकै बालुवा र गिटी बोकेका टिपर र ट्रकहरु पनि बाटो अवरुद्ध गरेर राखिएको थियो ।
यस सम्बन्धमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग सम्पर्क राख्दा आफूले उपमेयर मञ्जु गुरुङलाई कार्यवाहक दिएर छोरीको विहेमा भएकोले आफूलाई केही पनि थाहा नभएको जानकारी दिए । तर वैशाख २९ गते सोमबारदेखि बन्द राखिएको सडकका विषयमा मेयरको भनाई भने हास्यास्पद देखिन्थ्यो ।

शक्ति र मिडियाको दम्भमा यसरी पोखरा महानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडि नै बाटो बन्द भनेर निजी भवन निर्माणका लागि दुई दिनदेखि सडक बन्द गरिएको थियो । तस्विर: राजेन्द्र अधिकारी/डन न्यूज
यस विषयमा कार्यवाहक मेयर मञ्जु गुरुङसँग कार्यकक्षमा नै गएर प्रश्न गर्दा आफूले कार्यालय प्रवेश गर्नु अघि बन्द भएको बाटो र त्यहाँ सडकमाथि नै सम्पूर्ण निर्माण सामाग्री राखी घर निर्माण गर्दै गरेको देखेपछि तत्कालै प्रमुख प्रशासकीय अधिकृतलाई भनेर नगरप्रहरी पठाएर बाटो खाली गर्न र सामान हटाउन लगाएको जानकारी दिईन् ।
यस विषयमा कार्यवाहक मेयर गुरुङले भनिन्–‘थप जरिवाना र कारवाहीको लागि सम्बन्धित शाखामा आदेश दिएको छुँ । यसरी सार्वजनिक सडक जो सुकैले बन्द गरेपनि प्रचलित कानुन बमोजिम दण्ड सजाय अवश्य हुनेछ ।’
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले तत्कालै नगरप्रहरी पठाई बाटो खुलाईएको र यस सम्बन्धमा थप कारवाहीको लागि प्रक्रिया अगाडि बढाईएको जानकारी दिए । ‘यस विषयमा आफूलाई जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेज्यूले पनि फोन गरेर सडक तुरुन्त खुलाउन आदेश दिनुभएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत चौलागाईले भने–‘नगरप्रहरी प्रमुख विरामी भएर काठमाडौं हुनुभएकोले अन्य कर्मचारीलाई तत्कालै खटाएर बाटो खुलाउन पठाएका छौं ।’

दुई दिनदेखि सार्वजनिक सडक यसरी बन्द गरिदिएपछि यात्रुहरुले निकै सास्ती पाएका थिए ।
एक बटुवाले डन न्यूजसँग भने–‘सामान्य जिविकोपार्जन गर्न डोकोमा फलफुल बोकेर हिड्ने सामान्य महिलामाथि पोखरा महानगरपालिकाका मेयर बाघ झैं झम्टिन्छन्, तर गुन्डागर्दी र ठगी धन्दा गर्नेहरुले यसरी खुलेआम यस्ता हर्कतहरु गर्दा भने उनी चुईक्क बोल्न सक्दैंनन् । आफ्नै नाक अगाडि सडक दुई दिन बन्द हुँदा बिभिन्न वाहना बनाएर लुकेका छन् । केही कारवाही नै गर्न सक्दैनन् ।’
एक छिमेकीले भने–‘यस्तो नगर्नुस्, कमसेकम कानुन सम्वत् काम गर्नुस् भन्दा हामीलाई कसले के गर्न सक्छ ? गुन्डा भने गुन्डा, नेता भने नेता अनि केही परे छँदैंछ पत्रिका ? जसको बारेमा जे मन लागेपनि लेख्न र बदनाम गर्न सकिने भएपछि को बोल्ने हामीसँग भन्दैं उल्टै थर्काए । अब पहुँच र शक्ति छ भन्दैंमा जे गरेपनि हुने भएपछि कसरी विरोध गर्नु ? आडैंमा भएको महानगरपालिकाले त देखेको नदेखेई गरेपछि हामी चुप लागेर बस्न बाध्य भयौं ।’
यसअघि ज्ञवालीको समूहले फेवातालमाथिको डाँडा पोखरा महानगरपालिकाको अनुमति बिना डोजर प्रयोग गरेर वषौंदेखि कटान गर्दै आईरहेका छन् । अन्य व्यक्तिलाई फेवाताल वरपर डोजर प्रयोग गर्न बन्देज लगाउने महानगरपालिका यो गिरोहलाई भने आजसम्म पनि छुट दिईरहेको छ । त्यसो त यो गिरोहले डाँडाकटान गरेर निस्किएको माटो आफ्नै पत्रिका समाधान दैनिकको अन्तिम पृष्ठमा सूचना नै प्रकाशित गरी सेदीको डाँडोबाट पश्चिमतर्फ मात्र लैजान पाईने भन्दैं ठाडैं सिमसार क्षेत्र पुर्ने काम गरेको थियो । अरु विषयमा चर्को आवाज उठाउने नागरिक समाज, प्राकृतिक सम्पदाको संरक्षण गर्छु भन्ने अभियन्ताहरु यो गिरोहले गरेको यस्ता हर्कतका विषयमा नाम किटेर बोल्न समेत डराउँछन् ।

पोखरा–६, जरेवर (लेकसाईड)मा रहेको सुलभ डिपार्टमेन्टल स्टोर । जसका सञ्चालकहरुले पनि प्रवेशद्वारमा ट्रक जान असुविधा भयो भन्दैं अनुमति बिना सडकको बिचमा राखिएको डिभाइडर आफूखुशी भत्काएका थिए । पछि कारवाहीमा पर्ने भएपछि यो समूहले पनि रातारात डिभाइडर आफैंले बनाएको थियो ।
यस विषयमा पनि सञ्चारमाध्यममा व्यापक विरोध भएपछि महानगरपालिकाले विना अनुमति डाँडाकटान गर्ने ज्ञवालीको समूहलाई २६ लाख रुपैयाँ भन्दा बढि जरिवाना गराएको थियो । यहीं समूहले पोखरा–६, जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर अगाडि सडकको डिभाइडर गाडी फर्काउन असजिलो भयो भन्दैं बिना अनुमति भत्काउँदा स्थानीय जनताले व्यापक विरोध गरेपछि कारवाहीमा परिने डरले रातारात आफैंले बनाएका थिए ।
अरु विषयमा चर्को आवाज उठाउने नागरिक समाज, प्राकृतिक सम्पदाको संरक्षण गर्छु भन्ने अभियन्ताहरु यो गिरोहले गरेको यस्ता हर्कतका विषयमा नाम किटेर बोल्न समेत डराउँछन् ।
काठमाडौंका मेयर बालेन शाहको झैं नक्कल गर्न खोज्ने पोखराका मेयर यस्ता गिरोहको कर्तुतमा भने सधैं मौंन सहमति जनाई रहन्छन् । सामान्य, कमजोर अवस्थाका र सर्वसाधारण नागरिकमाथि मात्र मेयर आचार्यले बालेनको अक्कल बिनाको नक्कल गर्दै दुःख दिने र तर्साउने गर्ने गर्दछन् ।
खुलेआम फेवातालमाथिको डाँडा बषौंदेखि डोजर लगाएर यहीं समूहले बिना अनुमति काट्दा र त्यहींको माटो लगेर सिमसार क्षेत्र पुर्दा मेयर आचार्यले कहिल्यैं देखेनन् । अहिले पनि खुलेआम पोखरा महानगरपालिकासँगैं जोडिएको सडक दुईदिनसम्म बन्द गरेर एक व्यक्तिले आफ्नो घर निर्माण कार्य गर्दा महानगरपालिकाले काम सक्किएपछि मात्र झारा टार्ने गरी नगरप्रहरी परिचालन गरेको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद