पोखरा, ४ वैशाख । लागूऔषध ब्राउनसुगरसहित पोखरामा दुईजना पक्राउ परेका छन् । वैशाख २ गते दिउँसो साढे तीन बजेको समयमा पोखरा–२६, विजयपुरमा लागूऔषधको कारोबार भएको सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पोखरा–१४, चाउथे बस्ने ४३ वर्षीय विक्की परियार र पर्वत जिल्ला घर भई हाल पोखरा–५ जिरोकिमी बस्ने ३८ वर्षीय ओमबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो ।
लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) ४.९० ग्राम, नगद १७ हजार नौंसय र विभिन्न कम्पनीका मोवाइल २ थानसहित परियार र नेपाली पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धि मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ल प्रहरी कार्यालय कास्कीले प्रेषित गरेको इमेलमा उल्लेख छ ।