
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
गण्डकी, ७ फागुनः वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज बुधबार आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उहाँ परिचित हुनुहुन्छ । त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । उहाँको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
त्यसैगरी रु २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ । रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’लाई पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिनुभयो ।
सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि रु दस हजार रहेको छ । गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।
साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार कोष स्थापना गर्नुभएको थियो । ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ । भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताउनुभयो । दिवङ्गत रत्नकुमारी श्रेष्ठको ११७औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति