
१कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
२उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
३रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
४कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
५लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
६कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
७आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
८पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
९एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
पोखरा, २२ वैशाख । पोखरा महानगरपालिका वडा नं. ७ स्तरीय वृहत दौड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरीमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग, मदरल्याण्ड मावि, ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ चोक हुदै घारीपाटनको हिमाली टोल, तीनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर महर्जन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति विसी, समृद्ध श्रेष्ठ ,सुशिला गुरुङ र आशा विकले पुरस्कार प्राप्त गरे ।
खुल्ला पुरुष तर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितीय, कविराज बराल तृतीय र नारायण त्रिपाठी सान्त्वना हुँदा खुल्ला महिला तर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी, सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।
५० वर्ष माथिको पुरुष तर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रेमबहादुर जिटी तृतीय र भक्त बहादुर गुरुङ्ग सान्त्वना भए । सोहि विधाको महिला तर्फ गिता कुमारी पौडेल, अम्बिका बराल, निली गुरुङ र राममाया जिसीले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।
समापन समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा वडा नं. ७ मा स्वास्थ्य र सामाजिक सद्भावका हिसाबले महत्वपूर्ण कार्यक्रम भएकोमा प्रशंसा व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरेले वातावरणमैत्री तरिकाले राधा कृष्ण मन्दिरको चौतारीको छहारीमा बिना कुनै झकिझकाउ गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।
पोखरा वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै सकृय र जागरुक भएर विकास निर्माण र सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरे ।
त्यसैगरी, व्यवसायी किरण केसीले युवाहरु हरेक क्षेत्रमा यसरी नै जागरुक र सचेत बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा सम्पूर्ण वडा नम्बर ७ का संघ संस्थाको तर्फबाट मासबार आमा समुहका अध्यक्ष शारदा गिरी र घारीपाटन जनजागृति बाआमा समुहका अध्यक्ष चम्पा सिंह गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
पोखरा वडा नं. ७ स्तरिय दौड प्रतियोगिता मुल आयोजक समितिका संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदी र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा