
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्यतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मंगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ्रे गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् ।
महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हौसिएको छ ।
कृषि उपजमा नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको मंगलवार महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकी ९ की राममाया थापाले बताइन् ।
त्यसका साथै आलु लगायत अन्य स्टलबाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत ह्वातै बढेको छ । मंगलवारसम्मका ६ सय ३८ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकतम् १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए । महोत्सवको तेस्रो दिन मंगलबारसम्म करिव रु।६ लाखको आलु कारोवार भएकोका प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ ।
महोत्सव अन्तर्गत मंगलवार कलाकारहरु जीवन दाहाल, शिवहरि ढुङ्गाना, परशुराम अधिकारी, कविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरू रहे भने बुधवार सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरि ढुङ्गाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट खण्डकाव्यका प्रस्तुतिहरू रहने आयोजकले जनाइएको छ ।
त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।रत्यौली तर्फ मंगलवार तिन समूह लामाचौतारा खुट्टेगौडा आमा समूह, माछापुच्छ्रे सेवा समाज तथा लक्ष्मी आमा समूहका प्रस्तुति रहे ।त्यस्तै नवजागरण बाल भजन समूहले पनि आफ्नो प्रस्तुति राख्यो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङ्ग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ