News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार राजनीति

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग

काठमाडौँ, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्नुपर्नेसमेत माग गरेको छ ।

“नेपालबाट गैरभुटानी नेपालीलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ, त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्न माग गर्दछौँ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा भ्रष्टाचारका ठूलठूला घोटालाबारे केही समय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा रहेको भन्दै जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भए पनि ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सलग्न दोषीलाइ उम्कन दिन नहुने सो पार्टीको भनाइ छ । रासस

डनन्यूज ट्रेन्डिङ