
१लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
४२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
काठमाडौं, २३ वैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोपमा प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगैं एमालेका अध्यक्ष खड्गप्रसाद ओली आरोपितहरुलाई जोगाउन निकैं दौडधुपमा लागिरहेका छन् ।
नेपाल प्रहरीले एमाले सचिव रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितको गिरोहलाई पक्राउ परेसँंगैं अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसैं विषयलाई लिएर दोस्रोपटक आज शनिबार भेट्न गएका हुन् ।
सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताए । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’, प्रचण्डले भने ।
ओलीसँग भेटपछि पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताएका छन् । ‘‘रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।
गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर लाखौं रुपैयाँ असुलेर अमेरिका पठाउने तयारी भइरहेको थियो । यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न पुगेका थिए । त्यस क्रममा उनले पटक पटक मन्त्री भइसकेको र सांसद भइसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नुनपर्ने प्रतिक्रिया दिएका थिए । ओलीले खुलेआम दोषीलाई बचाउने प्रयास गरेसँगैं एमाले सचिव रायमाझी फरार भएका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश