
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
नारायण ढुङ्गाना, काठमाडौँ, ११ वैशाख । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ ।
घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको छ । चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकहरु अझै तर्सिन्छन् । घटनास्थलमा नीरालाई देख्ने छिमेकीहरु दृश्य सम्झँदा पनि आङ नै जिरिङ्ग हुने बताउँछन् ।
दोषी पत्ता नलाग्दा स्थानीयवासी आक्रोशित हुन थालेका छन् । यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन ।
बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै आउनुभएको थियो । पसल उहाँको कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै हनुहुन्थ्यो ।
दुवैजना आ–आफ्नै व्यवसायमा हाँसीखुसी नै थिए । तर वैशाख ७ गते योगेशका लागि साढे सात बनेर आयो । एक छोरीकी आमा नीरालाई चक्कुले घोचेर हत्या गरिँदा उक्त घटनाबारे न छिमेकले सुइँको पाए, न श्रीमान् योगेशले ।
अहिले त प्रहरीलाई समेत घटनाको सत्यतथ्य पत्ता लगाउन हम्मेहम्मे परिरहेको छ । “केस अलि लटिल नै छ, तर हामी दोषी पत्ता लगाउँछौँ”, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई भन्नुभयो, “अहिले नै घटना यसै हो भनेर अनुमान गर्न सकिने देखिँदैन ।” उहाँले हरेक कोणबाट अनुसन्धान गरिरहेको र त्यसको घेरालाई ‘न्यारो डाउन’ गर्दै ल्याइएको जिकिर गर्नुभयो ।
प्रहरीका अनुसार घटना साढे २ पछि ३ बजेअघि नै भएको हो । पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो । प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा हुनुहुन्थ्यो । महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पाँच दिन बित्दासमेत घटनाका दोषी पहिचान गर्न नसकेपछि स्थानीयवासी प्रभावित भएका छन् । आइतबार उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी पक्राउ गर्न भन्दै घटनास्थलमा प्रदर्शनसमेत गरे ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक, रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । तर अनुसन्धानमा खटिएका अधिकृतहरु भने अहिलेसम्म यही कारण हो भनेर यकिन गर्न सकिरहेका छैनन् ।
भाँडा पसलमा सिसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ । प्रहरीले आसपास क्षेत्रमा रहेका सिसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली घटनाका विषयमा गहिरो अनुसन्धान जारी रहेको र अहिलेसम्म सम्भावित आशङ्का र सम्भावनाहरुमाथि अनुसन्धान जारी रहेको बाउनुहुन्छ । उहाँले कर्तव्य ज्यान अन्य आर्थिक अपराध जस्तो नहुने उल्लेख गर्दै अहिले यही कारण हो भन्न नसकिने बताउनुभयो ।
यसरी भएको थियो घटना
त्यस दिन नीरा पसलमा एक्लै हुनुहुन्थ्यो । भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ । प्रायः पसलमा ग्राहक नआएका बेला उहाँ त्यतै बस्नुहुन्थ्यो । यही बेला नै एकान्तको छेको पारेर उहाँमाथि आक्रमण भएको थियो । पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ । काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन । दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन् ।
प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आउनुभएको थियो । पसलमा नीरालाई देख्नुभएन । त्यसपछि उनका श्रीमान्लाई फोन गरेर कोही छैन दोकानमा भनेर सोध्नुभयो । श्रीमान्ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए । भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो । अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेकी देखेपछि अत्तालिएर उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो ।
प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु)ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ । उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।
यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने, वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए । तर नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन् । ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ । रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ ।
नीराले घटना हुने केही घण्टा अघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडियो हेर्दा पारिवारिक समस्या भए जस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरी स्रोतले व्यावसायिक रुपमा अपराध गर्नेहरुबाटै घटना भएको अनुमान गरेको छ । आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदैछ भन्ने के थाहा । त्यस दिन ठीक ११ः२१ बजेको समयमा नीराले फेसबुकमा ‘लामखुट्टे तथा किरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडियो राख्नुभएको छ ।
भिडियोमा भनिएको छ, “के तपाइँहरु लामखुट्टेको टोकाइबाट ग्रसित हुनुभएको छ ? अब नआत्तिनोस्, हामीहरुले ल्याएका छौँ लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट, यो सरल र सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, एकदम सस्तो मूल्यमा पनि पाइन्छ, यसबाट बच्नका लागि हजुरहरुले छिट्टै अर्डर दिनुहोस् र लामखुट्टेबाट बच्नुहोस् र डेङ्गु रोग लाग्नबाट बच्नुहोस्, धन्यवाद ।”
विडम्बना उहाँको रोगबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम हुन पुगेको छ ।-रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने