
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
कमल खत्री, बेनी, १० वैशाख । उमेरले ८४ वर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ ।
धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो । वृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पूरा नभए पनि कार्लोस अथक प्रयासमा जुट्नुभएको छ । कार्लोसको धौलागिरि आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गर्नुभएको छ ।
तीन स्पेनी आरोही र सेभेन समिटका आरोहण व्यवस्थापकसमेत गरी २५ जनाको टोली अहिले आधार शिविर क्षेत्रमै अनुकूल मौसमको पर्खाइमा रहेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । “टोली आधार शिविर पुगेको १० दिन भयो, तर अहिलेसम्म आरोहण सुरु गर्ने अनुकूल मौसम नै भएको छैन, धौलागिरि आसपासमा निरन्तर हिमपात भइरहेको छ, मौसममा सुधार हुनेबित्तिकै कार्लोसको कीर्तिमानी आरोहणको यात्रा सुरु हुन्छ” उहाँले भन्नुभयो ।
गत वर्षसमेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्पसम्म पुगेर प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरेर फर्कनुभएका कार्लोसले यस पटक आफ्नो कीर्तिमानी आरोहणलाई पूरा गर्ने सङ्कल्प गर्नुभएको छ । साठ्ठी वर्ष उमेर पुगेपछि आठ हजार मिटर भन्दाअग्ला १० हिमाल आरोहण गर्ने एक मात्र आरोही बनिसक्नुभएका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउनु हुनेछ ।
एक महिनाअघि स्पेनदेखि नेपाल आउनुभएका कार्लोसले दुई हप्ता बढी समय खुम्बु क्षेत्रमा पूर्वाभ्यास स्वरूप ट्रेकिङ गर्दै बिताउनुभएको थियो । धौलागिरि आरोहणको पूर्वतयारीस्वरूप सगरमाथा, ल्होत्से र आमाडब्लम लगायतका हिमालको फेद रहेको खुम्बु उपत्यकामा १७ दिन बिताएपछि काठमाडौँ फर्किएको कोर्लोसको टोली यतिबेला धौलागिरि आधार शिविरमा छ ।
धौलागिरि हिमालको आधार शिविरतर्फ प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकबाट कार्लोसले खुम्बु क्षेत्रको हिमाली चुचुराहरूमा गरेको आरोहण अभ्यासले यस पटक धौलागिरिको आरोहण सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गर्नुभएको थियो । सबैभन्दा वृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।
कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कञ्चनजङ्घा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको थियो । कार्लोसको धौलागिरि हिमाल आरोहणको मोहले धौलागिरि हिमालको महत्त्वलाई बढाएको भन्दै उहाँको आरोहण सफल भएमा यसले धौलागिरि हिमाललाई थप प्रचारप्रसार गर्न सघाउने र यस क्षेत्रको पर्यटकीय सम्भावना उजागरमा टेवापुग्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।-रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन