
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
वासुदेव पौडेल, पटना (भारत), ५ वैशाख । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात गर्दै आएको बताउनुभयो । “पोखरा मित्रराष्ट्र भारतका आम सर्वसाधारणका लागि सहजरूपमा घुमेर मनोरञ्जन लिनसक्ने गन्तव्य हो”, उहाँले भन्नुभयो, “भारतसँग नेपालको भौगोलिक निकटतासँगै वर्षौँदेखिको आपसी भाइचारा कायम रहँदै आएको छ ।”
नजिकैबाट हिमाली दृश्यको अवलोकनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा गर्न पाइने बताउँदै उहाँले आफूहरू सधँै भारतीय पर्यटकको न्यानो आतिथ्यताका लागि तयार रहेको बताउनुभयो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारत पोखरा तथा नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार रहेको बताउनुभयो । पोखरा सबै किसिमको मौसममा घुम्न उपयुक्त रहेको बताउँदै उहाँले भारतीय पर्यटकले पोखरा घुम्न आउने क्रममा विगतमा भोग्ने गरेका समस्या बुझ्दै र आगामी दिनमा त्यसको निराकरण गर्ने पनि प्रवद्र्धनात्मक कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले पोखरा आफूहरूको रोजाइमा पर्ने गन्तव्यमध्येको एक भएको बताउनुभयो । भारतीय अधिकांश पर्यटकले घुमाइका क्रममा राम्रैसँग खर्च गर्ने गरेको उल्लेख गर्दै उहाँले पोखरामा अनलाइन पेमेन्टलाई सहज एवं प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
पटनाका सिनियर टुरिजम कन्सल्टेन्ट सञ्जय शर्माले नेपाल र भारतबीचको सदियौँदेखिको रोटी र बेटीका सम्बन्धका कारण पनि एकअर्कामा नजिक रहँदै आएको धारणा राख्नुभयो । पोखरा र पटनाबीचको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिँदै उहाँले सिधा हवाई सम्पर्कका लागि दुवैतर्फबाट पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भारतबाट नेपाल आउनका लागि सडक सञ्जाललाई पनि चाँडो व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा हरेक मौसममा घुम्न सकिने गन्तव्य भएको बताउँदै धार्मिक पर्यटनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि एकसाथ गर्नका लागि पोखरा घुम्न आउन आग्रह गर्नुभयो । आतिथ्यताका दृष्टिले पोखरा अग्रस्थानमा रहेको उहाँको भनाइ छ ।
नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले प्रवद्र्धनात्मक भ्रमणका क्रममा भारतीय पर्यटकले विगतमा भोग्ने गरेका असहज अवस्थाबारे समेत जानकारी लिइने बताउनुभयो । पोखरा धार्मिक, सांस्कृतिक एवं साहसिक पर्यटनको गन्तव्य रहेको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले बताउनुभयो । विश्वमै विशिष्ट धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा र पटनाका व्यवसायीबीच व्यावसायिक साझेदारीबारे छलफल (बिटुबी) गरिएको थियो । प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत आज बनारस पुगी त्यहाँका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल गरिने उहाँले जानकारी दिनुभयो । बनारसपछि अयोध्या एवं गोरखपुरलगायतका गन्तव्यमा प्रवद्र्धनात्मक कार्यक्रम गरी यही वैशाख ८ गते पोखरा फर्कने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ