
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको निर्देशनलाई पटक–पटक लत्याउँदै व्यापारी अशोक पालिखेले फिर्के खोलाको मापदण्ड विपरित खोलामाथि नैं संरचना निर्माण गरिरहेका छन् । महानगरपालिकाका नगरप्रहरीहरुले पटक–पटक सामान खोसेर ल्याउँदा समेत अटेर गर्दै व्यापारी पालिखेले खोलामाथि नै ग्याबिन भर्ने वाहनामा अतिक्रमण गरेका हुन् ।
स्थानीयले व्यापक विरोध गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको टोलीले फिर्के खोला मिचेर व्यापारी पालिखेले बनाएको संरचनाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खोलामा डोजर (मेसिन) नै प्रयोग गरी गहिरो खाल्डा खनेर ग्याबिन भर्ने नाममा व्यक्तिले आफ्नो जमिन जोगाउन मापदण्ड विपरित काम गरेको देखिएको मेयर आचार्यले डन न्यूजसँग बताए ।
मेयर आचार्यले भने–‘कसले बनाएको हो, त्यो चाँहि मलाई थाहा भएन । तर फिर्के खोलाको भूँईमा नै मेसिन नै लगाएर खनिएको छ । भूँईबाट नै जग उठाएर त्यहाँ जाली लगाइएको छ । जसले गरेको भएपनि त्यो गलत काम हो ।’ ‘खोलामाथि लगेर ढुङ्गा थुपारिएको छ । त्यो नगर्नु । २ दिनभित्र जसले थुपारेको हो उसले उठाएर लगेनन् भने त्यसलाई जफत गर्नु भनेको छु,’ मेयर आचार्यको भनाई थियो ।
पोखरा महानगरपालिकाले फागुन २५ गते व्यापारी अशोक पालिखेको नाममा पत्र काट्दै तत्कालै निर्माण सामाग्री र संरचना हटाउन निर्देशन समेत दिएको छ । महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसीले पोखरा महानगरपालिका वडा नं. १८ लाई समेत बोधार्थ पठाउँदै ३ दिन भित्र उक्त स्थानमा भएको निर्माण सामाग्री र निर्माण भएको संरचना हटाउनु नभए स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारवाही हुने चेतावनी सो पत्रमा दिइएको छ ।
यस विषयमा व्यापारी अशोक पालिखेले भने–‘फिर्के खोलाले हाम्रो जमिनको भित्ता तिर हान्यो, पोहोर पनि हान्यो अहिले पनि बाढी आउन सक्छ हान्छ भनेर जमिन मूनि मात्र संरचना बनाउन लागिएको हो । बाहिर मिच्नका लागि होइन र मिच्ने पनि छैनौं ।’
विवादित व्यापारी पालिखेले फिर्के खोला मिचेर पोखरा महानगरपालिकाको मापदण्डलाई लत्याएका मात्र छैनन्, मेयर आचार्यलाई ठाडै चूनौंती दिदैं आफ्नो काम निरन्तर अघि बढाईरहेका पनि छन् । तर मेयर आचार्यले दिएको अल्टिमेटम भित्र निर्माण भएका संरचना र थुपारिएका निर्माण सामाग्री नहटाएमा के हुन्छ, त्यो हेर्न भने बाँकी नैं छ ।
तर, पोखरामा व्यापारी पालिखेले सञ्चालन गरेका अन्य व्यवसायहरु समेत यस्तै विवादित हुँदै आईरहेका छन् । उनकैं संलग्नतामा सञ्चालित पोखराको गैह«ापाटनमा रहेको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पनि यसैको ज्वलन्त एक उदाहरण हो । पटक–पटक चरम लापरवाहीका कारण विरामीको मृत्यु हुँदा लाखौं रुपैयाँ क्षतिपूर्ति तिर्दै घटना गुपचुप बनाउने कार्यमा समेत व्यापारी पालिखेको टिमले निकै बदनाम कमाई सकेको छ । उनको संलग्नतामा सञ्चालित स्कुलदेखि कलेजसम्मका भवन निर्माण कार्य कुनै पनि तोकेको मापदण्ड भित्र नरहेको जानकारहरु बताउँछन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी