
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पुरा गर्ने बताएकी छन् ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसंगै आफ्नो क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता जनाईन् ।
पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भाव्यता अध्ययन गरेर तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याईन् ।
नयाँ वडाहरुमा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताउँदै नेत्री भट्टराईले भनिन्, ‘सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।’
जुनसुकै सरकारले गरेका विकास निर्माण, राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोमा उनको भनाई छ ।
दुःखको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उनले कोभिडको महामारीका बाबजुद जनताका केही हदसम्म अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार भई मतदाता समक्ष आएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिईन् ।
घरदैलो कार्यक्रमले स्थानीय आवश्यकता सहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याईन् ।
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।
मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले विकास विरोधी पाँच दलीय गठबन्धदलाई जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गरिन् । संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा उनको जोड छ ।
घरदैलो कार्यक्रममा स्थानीय जनताले निर्वाचनमा गरेका प्रतिवद्धता आश्वसनमा मात्र सिमित नराखी पुरा गर्नेतर्पm उम्मेदवारहरुलाई सचेत गराउँदै, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, खानेपानी, विद्युतीकरण सहित युवा वर्गलाई स्वदेशमै उद्यमशिलताको विकास गरि रोजगार सिर्जना गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिका ११ वटा वडा पर्दछन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग