
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, ५ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् ।
पोखरा ३० मा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउँदै समयक्रमसँगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको स्पष्ट पारे ।
शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउन ८ करोड रुपैयाँ बजेट अन्तरगत काम सुरुवात गरेकोमा पछिल्लो पटकको २ करोड रुपैयाँ शहरी विकास मन्त्रालयले काटेको भन्दै उनले त्यसलाई पूरा गर्ने दायित्व आफुहरुको भएको उल्लेख गरे ।
उनले गण्डकी प्रदेशलाई एमाले नेतृत्वको सरकारले जग बसालेको स्मरण गर्दै उनले त्यसलाई समृद्वको बाटोमा लैजाने गरि अगाडी बढ्ने बताए ।
उम्मेदवार अधिकारीले केन्द्रबाट प्रदेशमा आइसकेपछि अझै जनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउँदै त्यसको जिम्मेवारी सुम्पिन मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गर्न स्थानियसँग आग्रह गरे ।
स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या परेको भन्दै सडकको नाला व्यवस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन अनुरोध गरेका थिए ।
लामिछानेले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा शिशुवा अस्पतालको स्तरोन्नति गराएको भन्दै स्वास्थ्य विमाका सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने प्रवन्ध गरिनुपर्ने भनाई राखे । ‘एमालेमै भोट हाल्न प्रतिवद्व छौ, २०५१ देखि निरन्तर एमालेको पक्षमा हामी छौ तपाईंलाई हामी जिताउँछौ’, उनले भने ।
स्थानीय विकल बास्तोलाले गुनासो सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।
निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडा भित्र साना ठुला गरि ६० वटा बाटो स्तरोन्नति बनाउन सफल भएको सुनाए । वडामा वार्षिक ९० लाख रुपैयाँ मात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजनाहरु सोचे अनुरुप काम हुन नसकेको उनको भनाई छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर