
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, ८ भदौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
विभागका अनुसार काठमाडौंबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगन्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो । विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोग गरी उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिए ।
उनले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताए । अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्दै आइएको प्रवक्ता भट्टले बताए । गत आर्थिक वर्षमा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् । उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौंमा धेरै छन् । काठमाडौंमा पाँच हजार छ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् ।
यस्तै, पोखराबाट तीन हजार छ सय ७३, बुटवलबाट एक हजार चार सय ५७, नेपालगञ्जबाट एक हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगन्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन् ।
सोही आवमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको संख्या ११ हजार तीन सय ६३ रहेको छ । यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै चार हजार नौ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ ।
नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ ।
विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोतसाधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताए । ’कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौं, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ,’ उनले भने । आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत सात करोड १६ लाख ११ हजार आठ सय ५७ रुपैयाँ राजश्वसमेत संकलन गरेको छ । रासस
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल