
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
९पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा, २८ असार । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई सोमबार सम्मान गरेको छ । प्रदेश स्थापना दिवसका दिन पुन देशबाहिर भएकोले पछि विशेष कार्यक्रम गरेर पुनलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पुनलाई सम्मान प्रदान गर्दै अनुसन्धानको क्षेत्रमा देशलाई टेवा पुग्ने गरी निरन्तर काम गरिरहेकोमा खुशी व्यक्त गरे । ग्रामीण भेगमा जन्मिएर पनि अनुसन्धानको क्षेत्रमा पुनले गरेको योगदानको कदर गर्दै गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो ।
विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नाँगीमा वि.सं. २०११ मा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक उनी बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षका लागि गण्डकी सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका थिए ।
समृद्धिका लागि अनुसन्धानको महत्व रहेको भन्दै छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने मुख्यमन्त्री पोखरेलको भनाई थियो । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राख्दै गर्न लागेको कुनै पनि कामको सफलताका लागि अनुसन्धान महत्वपूर्ण रहने बताए ।
सम्मानपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको भन्दै अनुसन्धानमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेकाले आफू उत्साहित भएको भन्दै गण्डकीमा आविष्कार केन्द्र खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पुनले बताए ।
प्रदेश सरकारले तयार गरेको कार्यविधिमा गण्डकी रत्नबाट सम्मान हुनेलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यसरहको मर्यादाक्रम, प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार, हवाई यात्राका क्रममा विमानस्थलमा भिआइपी कक्ष उपयोगको सुविधा, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मेवारी लिने उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, सहकारी, उद्योग, पर्यटन, वातावरण, पूर्वाधार विकास, विपद् व्यवस्थापन, भाषा–संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट सम्मान गर्ने गरी गण्डकी रत्नको कार्यविधि बनाइएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन