
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।”
भजनी । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उहाँ बताउनुहुन्छ ।
“खाने खेत, तरकारी बारी बाढीले बगाउँदा अहिले भोकमरीको चिन्ताले सताउन थालेको छ ।” उहाँले भन्नुभयो, “कुनै ठाउँबाट पनि राहतको लागि केही भएको छैन । नेता आए, मन्त्री आए आश्वासन दिएर गए तर बाढी गएको तीन महिना पुग्नै लाग्दा पनि राहत कतैबाट आएन ।” उहाँले आएको राहत पनि रामारोशन गाउँपालिकाको वडा नं ५ बाढीले बढी क्षति भएको क्षेत्रमा मात्र सीमित भएको गुनासो गर्नुभयो ।
रामारोशन गाउँपालिकाको वडा नं १ का भक्तप्रसाद खनालको करिब ५० मुरी धान फल्ने खेत बाढीले बगर बनायो । आधाभन्दा बढी खेत बगर भएपछि आउँदा दिनहरुमा कसरी गुजारा चलाउने भन्ने चिन्तामा खनाल हुनुहुन्छ । उहाँको आम्दानी स्रोत भनेकै त्यही खेत थियो । ८ जनाको परिवार पाल्ने आधार त्यही खेत थियो भने ६ छोराछोरीको शिक्षा दिक्षा पनि त्यही खेतबाट उत्पादन भएको अन्न बिक्री गरेर चल्थ्यो ।
“दैबी प्रकोपभन्दा ठूलो केही रहेनछ । सपना सबै बाढीमै बगेर गए । बाँकी रहेको धानखेती पनि बालुवामै पुरियो ।” उहाँले भन्नुभयो, “कतैबाट राहत पाइएको छैन तर पनि पाइन्छ कि भन्ने आशा जीबितै छ । राहत पनि नपाए भोकभोकै मर्नु पर्छ कि भन्ने डर छ ।”
बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रामारोशन गाउँपालिकामा पर्ने कैलाश खोला किनारका अधिकांश खेतीयोग्य जमिन बगर बनेको छ भने बाँकी रहेको जमिन पनि बालुवाले पुरिएका छन् । अब सो क्षेत्रमा खेती बिस्तार गर्न सक्ने अवस्था समेत छैन । सम्भावना बोकेको रामारोशन पुरानै अवस्थामा फर्किन अब १० बर्ष लाग्ने स्थानीय बताउँछन् । कैलाश खोलाले दिएको पीडा भुल्न वर्षौ लाग्ने स्थानीय खडक बिकले बताउनुभयो । “यो हाम्रो इतिहासकै कैलाश खोलाले पु¥याएको सबैभन्दा ठूलो क्षति हो । सायद यस्तो क्षति पहिले पनि भएको थिएन । पछि पनि हुँदैन होला ।” उहाँले भन्नुभयो, “कैलाशले दिएको पीडा सजिलै भुल्न सकिने अबस्था छैन । यसले कैयौंका सपना चुराएको छ भने कैयौंलाई घरबार बिहिन बनाएको छ ।”
बाढीका कारण विच्छेद भएको सडक सञ्जाल अल्पकालीनरुपमा जोड्ने काम भएको छ भने स्थानीय स्तरबाटै उत्पादन हुँदै आएका साना लघु जलविद्युत आयोजना पनि बाढीले बिक्षिप्त भएपछि अहिले सोही विद्युत लाईनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले बताउनुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएको क्षतिको विवरण समेत सङ्कलन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका लेखा अधिकृत जनक न्यौपानेले ९ सय ३ जनाको खेतबारीमा क्षति पु¥याएको विवरण गाउँपालिकामा रहेको जानकारी दिनुभयो । बाढीबाट ६ हजार ५ सय ४३ जना परिवार प्रभावित भएको बताउनुभयो । उहाँले २ हजार ८ सय २८ दशमलव ९ रोपनी खेत र ८ सय ८२ दशमलव ५ रोपनी पाखो बारीमा बाढीले क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण ज्यान गुमाउने मृतक परिवारलाई ५ हजारका दरले र दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको छ भने गाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म ४ हजार ७५ हजार ७६ सय ८५ रुपैयाँ सङ्कलन भएको जनाइएको छ । विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।