
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
काठमाडौँ, १३ वैशाख । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको नारासहित चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द समूहले विभिन्न पालिकामा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तहको निर्वाचन सदुपयोग गर्ने नीति अघि सारे पनि दल दर्ता नभएकाले उक्त समूहका नेता–कार्यकर्ताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
रोल्पाका ६ पालिका अध्यक्षमा चन्द समूहबाट उम्मेदवारी दर्ता भएको छ । गंगादेव गाउँपालिकामा चूडामणि वली, थबाङमा अमित घर्तीमगर, सुनीलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भूपेन्द्र खड्का र सुनछहरीमा पुष्टमन घर्तीमगरले उम्मेदवारी दिएका हुन् । वली केन्द्रीय सदस्य र अन्य जिल्ला सदस्य हुन् । अन्य पदमा पनि चन्द समूहका कार्यकर्ताले उम्मेदवारी दिएका छन् । ‘स्थानीय तह जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले चुनावलाई उपयोग गर्ने नीति पार्टीले लिएको छ,’ वलीले भने, ‘हामीले जित्यौं भने नयाँ संस्कृतिसहितको समाज निर्माणमा योगदान गर्न सक्छौं ।’
कपिलवस्तुको शिवराज नगरपालिकामा केन्द्रीय सदस्य भेषराज भुसालले आइतबार प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । शिवराज–९ को वडाध्यक्षमा मालबहादुर घर्तीमगरले उम्मेदवारी दिएका छन् । वडा सदस्यमा सुमित्राकुमारी घर्तीमगरको पनि उम्मेदवारी परेको छ । वाणगंगा नगरपालिका–५ को वडा सदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
‘अन्य ठाउँमा पनि कार्यकर्ताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन्,’ समूहका केन्द्रीय सदस्य भेषराज भुसालले भने, ‘जित्न पर्छ भन्ने छैन । स्वतन्त्र, देशभक्त, इमानदारलाई सहयोग गरेर मुलुक बचाउने अभियान हो ।’ शिवराज पार्टी महासचिव चन्दको गृहनगर हो ।
चन्द समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृह जिल्ला कालीकोटका ९ वटै पालिकामा स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराइएको छ । कालीकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ । यहाँका ४ वटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेको चन्द समूहका नेताहरूले सोमबार थप ४ वटा स्थानीय तहका सबैजसो पदमा उम्मेदवारी दिएका छन् ।
नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा केन्द्रीय सदस्य एटम बीसी र उपाध्यक्षमा कलशा विक, रास्कोट नगरपालिका प्रमुखमा संविधानसभा २०६४ की सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुख फूलटौरा विक, पचालझरना गाउँपालिका अध्यक्षमा जिल्ला सचिव मनिलाल ऐडी र उपाध्यक्षमा विनीत तिरुवाले उम्मेदवारी दिएका छन् । सान्नीत्रिवेणीको अध्यक्षमा भने चन्द समूहका रूपसिंह बोहरा र ब्यासी कामी गरी दुई जनाको उम्मेदवारी परेको छ । खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगर प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुख धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनीष विकलगायतले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा अधिकांश वडाध्यक्ष र सदस्यमा पनि चन्द समूहको उम्मेदवारी परेको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा चन्द समूहले अध्यक्ष, उपाध्यक्ष, दुई वडा अध्यक्ष र एक वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा मैतबहादुर नेपाली, उपाध्यक्षमा तारा बस्नेतले उम्मेदवारी दिएका छन् । धुर्कोट–३ को वडाध्यक्षमा बाबुलाल नेपाली, धुर्कोट–६ को वडाध्यक्षमा चन्द्रबहादुर पाण्डे र धुर्कोट–४ को वडा सदस्यमा लक्ष्मी पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला सचिव तरामु मगरले भने जनमत रक्षाका लागि धुर्कोटमा स्वतन्त्र उम्मेदवारी दिइएको बताए । ‘गुल्मी जिल्लामा हाम्रो जनमत भएको धुर्कोटमा उम्मेदवारी दिएका छौं,’ उनले भने, ‘अन्य स्थानमा एमसीसी विरोधी उम्मेदवार र दललाई समर्थन गर्छौं ।’
पाल्पाको तिनाउ गाउँपालिकामा पूर्वजिल्ला कमिटी सचिव भुवन जीसीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आफू निकट नेताको बैठकमा उनले पार्टीबाट राजीनामा दिनुपर्ने अवस्था आए पनि उम्मेदवारी दिएको बताएका थिए । पार्टीले जीसीलाई हटाएर पूर्वलडाकु कमान्डर मीनबहादुर आलेलाई सचिव बनाइसकेको छ । चन्द समूहले तिनाउ–२ मा टोपबहादुर विक, ३ मा नीरबहादुर विक, ४ मा मानबहादुर दर्लामीले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गोरखा नगरपालिकाको प्रमुखमा चन्द समूहका योगेन्द्र कुमालले मनोनयन दर्ता गराएका छन् । चन्द समूहका पूर्वजिल्ला इन्चार्ज कुमाल हाल विशेष समिति सदस्य छन् । चन्द समूहकी सेती महाकाली ब्युरो सदस्य गौरा धामीले डडेलधुराको परशुराम नगरपालिकामा उपप्रमुखमा उम्मेदवार दिएकी छन् । यस्तै, सर्लाहीको वाग्मती नगरपालिका प्रमुखमा धनकुमारी खड्का पौडेल उम्मेदवारी बनेकी छन् । उनी प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका कुमार पौडेलकी श्रीमती हुन् । कुमारका भाइ हरिकृष्णले पार्टीको समर्थनमा खड्काले उम्मेदवारी दिएको बताए ।
चन्द समूहका नेता–कार्यकर्ताले अन्य पालिकामा पनि मनोनयन दर्ता गराएका छन् । महासचिव चन्दका स्वकीय सचिव असल क्षत्रीले आफ्नो पार्टीका नेता–कार्यकर्ताबाट स्वतन्त्र हैसियतमा करिब दुई दर्जन पालिकामा उम्मेदवारी परेको जानकारी आएको बताए । ‘तर पूरा विवरण आउन बाँकी छ,’ उनले भने ।
कपिलवस्तुमा गत चैतमा सम्पन्न १२ औं पूर्ण बैठकमा स्थानीय निर्वाचनमा भाग लिने महासचिव चन्दको प्रस्ताव अल्पमतमा परेपछि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन चाहने नेता–कार्यकर्तालाई भने नरोक्ने निर्णय गरेको थियो । साभारः कान्तिपुर
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश