News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज र उपमेयरमा कोपिलाको उम्मेदवारी

पोखरा, १४ वैशाख । सत्तारुढ पाँचदलको गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी नेतृ कोपिला रानाभाटले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा हिजो मेयरमा आचार्य र उपमेयरमा रानाभाटले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापति सुरेन्द्र विजुक्छेलाई केही दिन अघि नै उपमेयरको टिकट दिने चर्चा भएपनि पार्टीले मनोनयनको दिन दिउँसो मात्र रानाभाटलाई उपमेयरको रुपमा उभ्याएको थियो ।