काठमाडौं, २ वैशाख । ६ वटै महानगरपालिकामा मेयर नछाड्न स्थानीय नेता तथा कार्यकर्ताहरुले चर्को दवाव दिईरहेको बेलामा आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पदान समितिको बैठक बोलाएको छ ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाको भागवण्डाबारे अझै पनि सहमति जुट्न सकेको छैन । एकातर्फ स्थानीय नेता तथा कार्यकर्ताको चर्को दवाव र अर्को तिर गठबन्धनलाई जोगाई राख्न पार्टीलाई परेको संकटका बिचमा आज छलफल हुँदैछ ।
आजको बैठकमा केन्द्रीय संयन्त्रले नै टुङ्गो लगाउने सहमतिसँगै महानगरपालिका र नगरपालिकाका मेयर र उपमेयरको उमेदवारबारे छलफल हुँदैछ ।