
१पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
३कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
४उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
५गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
६कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
९पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
एक महिना पछि स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनले अघिल्लो पटक विजयी जनप्रतिनिधिलाई बिदाई गरेर नयाँ प्रतिनिधिलाई स्वागत गर्नेछ। अहिलेनयाँ जनप्रतिनिधि बन्न राजनीतिक दलमा घम्साघम्सी छ। आकांक्षी बढी हुँदा उम्मेदवार खुट्याउन दलहरुलाई कठिन भईरहेको छ। उम्मेदवार छान्नका लागि अहिले दलहरु अन्तिम कसरतमा छन् ।
पोखरा महानगरपालिका आफैमा सुन्दर पर्यटकीय सहर हो। यसलाई अझ सुन्दर बनाउने जिम्मा जनप्रतिनिधिको पनि हो। त्यसैले पोखरेली भन्छन्, ‘अघिल्लो पटक जितेका प्रतिनिधिको कामको मुल्यांकन गरिरहेका छौ। तर, अब जनप्रतिनिधि बन्न चाहनेले पोखरालाई कस्तो बनाउने भनेर एक कदम अघि बढेर सोच्नुपर्ने हुन्छ।’ जुनसुकै राजनीतिक दलबाट उम्मेदवार बनेर पोखरा हाँक्ने जिम्मा लिएपनि ती प्रतिनिधिले पोखरालाई थप बिग्रन नदिन थुप्रै काम गर्नुपर्ने पोखरेलीको भनाई छ। उनीहरु भन्छन, ‘पोखरा अब यो भन्दा बढी बिग्रन दिनु हुँदैन।’
पोखरेलीको भनाईमा आगामी दिनमा पोखरा महानगर हाँक्ने जनप्रतिनिधि दूरदर्शी हुनुपर्छ। राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डे भन्छन्, ‘अघिल्लो पटक स्थानीयतहको निर्वाचन हुने बेलामा हामीले सक्षम र दक्ष उम्मेदवार चयन गरौ भन्ने चाहेका हौं। तर, चाहे अनुसार हुन सकेन। अब भने पोखरा बनाउने उम्मेदवार चाहिएको छ। जसले पोखरालाई अहिले भन्दा थप बिग्रनबाट रोक्न सकोस।’
विकास गर्दा बिनासको ख्याल गर्ने व्यक्ति जनप्रतिनिधि हुनुपर्ने उनी बताउँछन्। पोखरा आफैमा प्राकृतिक सम्पदाले भरिभराउ रहेको ठाउँ भएकोले पनि प्राकृतिक सम्पदा जोगाउने नेतृत्व पोखराले खोजेको उनको भनाई छ। ‘समाजले नचाहेको व्यक्तिबाटै अहिले नागरिकमाथि सासन भईरहेको छ। आफु अनुकुल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने व्यक्ति अबको आवश्यकता हो,’ उनले भने, ‘घोषणापत्रसँग स्वार्थ बाझिने खालका व्यक्ति हुनुहुँदैन। पार्टीमा पैसा हालेर टिकट किनेर बनेको जनप्रतिनिधि जनताको बन्न सक्दैन। राजनीतिलाई व्यवसाय बनाउने व्यक्ति पोखरालाई आवश्यक छैन।’
अहिले राजनीतिक दलले जो जस्तो व्यक्तिलार्ई उठाएपनि जनताले मान्नुपर्ने बाध्यकारी बनाइएको उनले बताए। ‘यो बेला उम्मेदवार चयन गर्न अन्तिम कसरत भईरहेको छ। असक्षम उम्मेदवारले निर्वाचन जित्यो भने उ बाट आशा गर्न सकिन्न,’ उनले भने, ‘पोखरालाई बिगारिसकेका छन। थप बिग्रन नदिने टिम अब आउनुपर्छ। बौद्धिक मान्छे आउनुपर्छ, उसले विज्ञसँग सुुझाव लिएर योजनावद्ध काम गर्ने क्षमता राखोस।’ एकै व्यक्तिले सबै क्षेत्रमा काम गर्न नसकेपनि उसले विज्ञसँग सिकेर काम गर्ने खालको व्यक्ति अबका जनप्रतिनिधि हुनुपर्ने उनले बताए। ‘पोखरेलीलाई दलको मात्र भक्त हुने व्यक्ति चाहिएको छैन। पोखराको आवश्यकता बुझेको व्यक्ति चाहिएको हो,’ उनले भने, ‘बिगारेपछि रिट हाल्नुभन्दा बिग्रन नदिने व्यक्ति आवश्यक छ।’
विश्लेषक तथा समाजशास्त्री दिनेश प्रसाइँ पनि पोखरा रुपान्तरणको अवस्थामा रहेकोले अबका जनप्रतिनिधि पोखरा बिग्रन नदिने ‘भिजन’ बोकेको व्यक्ति हुनुपर्ने बताउँछन। ‘प्राकृतिक हिसाबले पोखरामा सहरीकरण बढ्दो छ। अरु पूर्वाधार पनि चाहिएको छ। पोखरा अब अन्तर्राष्ट्रिय सहर बन्ने बाटोमा रहेकोले अन्य सहरसँग सम्बन्ध राख्ने खालका व्यक्ति अबका जनप्रतिनिधि हुनुपर्छ,’ उनले भने, ‘अरु मुलुकका सहरसँग सम्बन्ध बढाउन सक्ने खुबी मेयरले राख्नुपर्छ। काठमाडौं जस्तै अब पोखरा पनि नबिग्रेला भन्न सकिन्न। त्यसैले यहाँका सम्पदा, प्रकृतिलाई संरक्षण गर्नुपर्ने व्यक्ति आवश्यक छ।’
राजनीतिक दलप्रति मात्र बफादार व्यक्तिले यो चुनौती फेस गर्न नसक्ने उनले बताए। ‘दलप्रति वफादार व्यक्ति हुँदा पार्टीलाई राम्रो गर्ला तर, सहर नै बिग्रेमा राम्रो हुँदैन। दलहरुले पनि पोखरालाई कसरी बनाउने भनेर सोच्नुपर्छ,’ उनले भने, ‘दलहरुको भाषणमा पोखरा राम्रो बनाउने सुनिन्छ। तर अब भाषणले हुँदैन। अध्ययन अनुसन्धान, नागरिकसँगको परामर्श, अन्य सहरको अनुभव लिएर काम गर्ने सक्षम व्यक्ति पोखराले खोजेको छ।’
प्रसाइँका विश्लेषणमा अबका जनप्रतिनिधिसँग सम्पदा जोगाउने ठुलो चूनौती छ। किनकी फेवा लगायतका तालको अवस्था दयनीय बनेको छ। पोखरा सहरीकरण बढ्दै जाँदा यहाँको शिक्षा, सडक, खानेपानी, ढल, सुरक्षा, बिजुलीको आवश्यकता आंफैमा बढदै जाँदा ती आवश्यकत पुरा गर्ने व्यक्ति पोखराले खोजेको छ। ‘सुन्दर सहर पोखरालाई कुरुप हुन नदिउँ। अबको पाँचवर्ष पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउनुपर्ने जिम्मा लिन सक्ने व्यक्ति मात्र पोखरा हाँक्न तयार हुनुपर्छ,’ उनले भने, ‘पोखराको पहिचानमाथि प्रश्न खडा गर्न दिनुहुन्न।’
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी राजनीतिक दलले नै उम्मेदवार छान्ने भएकोले अब दलहरु जिम्मेवार बन्नुपर्ने बताउँछन्। ‘वहालवाला मेयरलाई उनको दलले के सहयोग गर्यो भनेर हेर्नुपर्छ। पार्टी जिम्मेवार हुने कि नहुुने भन्ने महत्वपूर्ण हुन्छ,’ मुल्मीले भने, ‘अब जवाफदेहिता पार्टीले पनि लिनुपर्छ। चुनाव जित्नेले त गर्न सकेनन, हार्नेले पनि ‘वाचडग’को भूमिका निभाउनुपर्छ।’ घोषणापत्र अनुसार काम किन नगरेको भनेर प्रतिपक्षले आवाज उठाउन नसकेको उनले बताए। मुल्मीको विचारमा पाँचवर्षमा पोखरा निकै नै पछि परिसकेको छ। ‘पोखरा बनाउन जिताएको दलको भूमिकामाथि नै प्रश्न चिन्ह उठेको छ,’ उनले भने।
पोखराको इमेज विश्वव्यापी रुपमा रहेपनि यसलाई पूँजीकरण गर्न नसकेको उनले बताए। ‘पोखरालाई पोखरेली जनताले कमजोर बनाएका छन्। सही समयमा सही काम गर्न सक्ने खुबी हाम्रा दल र जनप्रतिनिधिमा छैन। शक्तिकेन्द्रसँग दवाव दिन सक्ने खुबी हस भएको छ,’ मुल्मीले भने, ‘ठूला अवसरमा हमी चुकेका छौं। अब नेतृत्व लिने वर्गले पोखरालाई हेर्नलायक र बस्नलायक बाहेक रमणीय र प्रदूषणमुक्त, सुरक्षित सहर बनाउने चुनौती छ।’
पोखराजस्तो सुन्दर ठाउँ काठमाडौं पछिको प्रदुषित सहर बन्नु दुखद भएको उनले बताए। ‘पोखरा कसरी प्रदुषित सहर बन्यो भनेर सोच्ने व्यक्ति चाहिएको छ,’ उनले भने, ‘पोखरा बुझेको, भिजेको, जवाफदेहीता भएको व्यक्ति आवश्यक छ। त्यो व्यक्तिलाइ राजनीतिक दलले पछाडिबाट टेको पनि दिनुपर्छ।’ अहिले राजनीतिक दलमा सहयोग गर्नुको साटो खुट्टा तान्ने प्रवृति भएको उनले बताए।
गण्डकी प्रदेशको राजधानी पोखरा भएपनि पोखरालाई उज्यालो बनाउन नसक्दा गण्डकी प्रदेश नै अध्यारो बनेको उनले बताए। ‘राजधानी उज्यालो बन्नु प्रदेश नै उज्यालो हुनु हो। पोखरालाई बस्न योग्य सहर बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘पोखरा बनाउने हिम्मत भएको व्यक्ति आवश्यक छ। साहस भएको व्यक्ति कुनै दलले छान्न मद्दत गर्ने हो भने पोखरा बन्नेमा आशावादी हुन सकिन्छ। नत्र पोखरा अझै छिटो बिग्रनेछ।’-नागरिक दैनिक
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या