
१पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
२रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
३कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
४उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
५गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
६कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
९पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१०रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
११अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसको नेतृत्वले आफू बलियो भएका स्थान पनि अरू दललाई छोड्न लागेको भन्दै विभिन्न क्षेत्रबाट ध्यानाकर्षण भइरहेको छ । भरतपुर महानगरपालिकाको नेतृत्व आफूले नपाए विद्रोह गर्ने चेतावनीसहित केही दिनअघि चितवन कांग्रेसले सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूको ध्यानाकर्षण गराएको थियो । पोखरा कांग्रेसले पनि सभापति देउवासहित शीर्ष नेताहरूको ध्यानाकर्षण गराएको छ ।
“अघिल्लो निर्वाचनमा हाम्रो पक्षमा माहोल थिएन । त्यस्तो बेला जम्मा १३ हजार मत कम पाएका थियौँ । यसपटक एमालेको फुट, जनतामा कांग्रेसप्रतिको आकर्षण र हामीले केन्द्र र प्रदेश सरकारमा बसेर गरेका कामले जनमत बढेको छ । हामी पोखरामा चुनाव जित्छौँ,” गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले भने, “कसैले जितिँदैन भन्छ भने पार्टीले मलाई जिम्मा दिओस्, जित्ने ग्यारेन्टीसहित उम्मेदवार बन्न तयार छु ।”
गण्डकी प्रदेश सरकारमा मन्त्री रहेका उनी ‘पोर्टफोलियो’ नमिले पनि जनताको सेवाका काममा आफू अघि बढ्न तयार रहेको बताए । पोखरा कांग्रेसले ध्यानाकर्षण गराउँदै गर्दा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले ‘विनागठबन्धन चुनाव जित्छौँ ?’ भन्दै प्रश्न गरेका थिए ।
“विगतमा चुनाव हारेको होइन ? अहिले गठबन्धन नगर्ने भनेर चुनाव जितिन्छ ?,” पोखरा कांग्रेसको ध्यानाकर्षणलाई समान्य रूपमा लिएका देउवाले भनेका थिए, “हामीले निर्णय गरिसकेका छैनौँ, त्यहाँ हामीले पाउने प्रमुख पनि हुनसक्छ, उपप्रमुख पनि हुनसक्छ । तर, गठबन्धनविनै जितिन्छ भनेर नभन्नु होला ।”
देउवाले त्यस्तो भन्दा पोखरेली कांग्रेसका नेताहरूले ‘ग्राउन्ड’ एउटाको उमेदवार अर्कोको भए त्यसले अन्यत्र पनि असर गर्नेतर्फ देउवालाई सचेत गराएका थिए ।
“पोखरामा माधवकुमार नेपालका उमेदवारलाई एमालेका नेताहरूले तिमी टिकट लेऊ, हामी क्रस भोटिङ गर्छौँ भनेर उक्साएका छन् । त्यो कांग्रेस आयो भने हारिन्छ भनेर आफ्नो जित सुनिश्चित गर्ने रणनीति लगाएका हुन्,” थापाले भने, “५ प्रतिशत जनमत भएको पक्षलाई प्रमुख पद दिँदा ९५ प्रतिशत पक्षले शतप्रतिशत सहयोग नगर्न सक्छ ।”
उनले कांग्रेसको जो उमेदवार भए पनि आफूले सहयोग गर्ने भन्दै अरूले जित्न सकिँदैन भन्छ भने आफैँ मैदानमा उत्रिन पनि तयार रहेको बताए ।
कांग्रेस नेताहरूका अनुसार नेकपा (एकीकृत समाजवादी) देशमै सबैभन्दा कमजोर गण्डकी प्रदेशमा हो । यस्तो अवस्थामा त्यहाँको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिनु भनेको नेतृत्व एमालेलाई सुम्पिनुसरह हुने उनीहरूको बुझाइ छ ।
“चुनाव जित्नका लागि कम्तीमा पनि ७० हजार बढी मत ल्याउनुपर्छ । कांग्रेसका क्रियाशील सदस्य त करिब २१ हजार मात्र हुन् । बाँकी कांग्रेसका शुभचिन्तकको भोटले हामीले चुनाव जित्ने हो,” कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने, “जसको ग्राउन्ड हो, उसलाई नदिएर गठबन्धनका अन्य दललाई दिँदा २१ हजारबाहेकले भोटमार्फत नै विद्रोह गर्न सक्छन् । त्यसको जानकारी हामीले पार्टी नेतृत्वलाई गराएका हौँ ।”
बरालले गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरूलाई पनि आफूहरूले सम्झाइरहेको बताए । “चुनाव जितेर बढी प्रतिनिधि ल्याउनु उचित कि हामीले ठूलो महानगरपालिकाको मेयर पायौँ भनेर मात्र खुसी हुनु ठिक हुन्छ भनेर हामीले प्रश्न गरिरहेका छौँ,” जिल्ला सभापति बरालले भने, “तपाईंहरू गलत बाटो नसमाउनुस्, गठबन्धनलाई जिताउने हो भने जसको ग्राउन्ड छ, उसैलाई नेतृत्व दिऊँ भनेर भनेका छौँ ।”
उनले गठबन्धनका नाममा पोखरा अरूलाई सुम्पिए पार्टीभित्रबाट हुने विद्रोह नियन्त्रण गर्न पनि सकिन्छ/सकिँदैन भनेर अहिले नै भन्न नसकिने बताए ।
पोखरा महानगरपालिकाको मेयर पदका आकांक्षी बाबुराम आचार्यले पोखरामा एकीकृत समाजवादीको मुस्किलले आठ हजार मत रहेको जिकिर गरे । उनले कांग्रेसको कम्तीमा ६० हजार मत रहेको भन्दै उमेदवार चयन मतबाहेक के मापदण्डका आधारमा गर्ने ? भन्दै प्रश्न उठाए ।
“नेपाली कांग्रेसको ६० हजार मत छ । कसरी छ भने, विगतमा ४७ हजार हाम्रो थियो, ३९ हजार मतदाता थपिएका छन् । त्यसमा एकतिहाइ मात्र थपिएको मान्ने हो भने पनि कांग्रेसको ६० हजार मत हुन्छ । यसमा अहिलेको माहोल र नेकपा (एमाले)ले नगरको नेतृत्व लिँदाको भूमिकाले आक्रोशित जनताको मत कसले लिन सक्छ भन्ने कुरा अहिलेका लागि निर्णयक हुन्छ,” आचार्यले भने, “डिजर्भिङ क्यान्डिडेट दिन सक्ने र भ्रष्टाचार नियन्त्रण गर्छु भनेर जनालाई विश्वास दिलाउन सक्ने हो भने पोखरेली जनताको ७० प्रतिशत मत आउन सक्छ ।”
उनले भ्रष्टाचार र विकासको ‘रेसिप्रोकल’ (विपरीत) सम्बन्ध हुने भन्दै त्यही कुरा बुझाउने नेतृत्व महानगरका लागि अवश्यक भएको बताए । “करप्सन इन्भर्सली प्रोपोस्नल टु डेभलपमेन्ट । भ्रष्टाचार बढ्छ भने विकास घट्छ, भ्रष्टाचार घट्नेबित्तिकै विकास बढ्छ,” उनले भने ।
भ्रष्टाचार नियन्त्रणको योजना लिएर जनतामा विश्वास दिलाउन सक्ने उमेदवार आए त्यसले सोचेको भन्दा उत्साहजनक परिणाम दिलाउने दाबी उनले गरे । उनले अहिलेसम्म विकास भनेको धारा, बाटो, सामुदायिक भवन बनाउने र जातीय समुदायलाई प्रभावित पार्ने काम गर्ने कुरालाई मात्र बुझाइएको भन्दै शिक्षा, स्वास्थ्य, सुरक्षा र ‘मोरिटोक्रेसी’ले विकासको नयाँ मापदण्ड निर्माण गर्न सकिने बताए ।
पोखराको कांग्रेस नेतृत्व विनातयारी काठमाडौं आएर कमजोरी गरेको पनि उनले बताए । “पोखराबाट जाऊँ है भनेर हिँड्नुभयो । हामी त तयारीसहित आउनुभएको होला भनेर काठमाडौं आयौँ, तर नेताहरूले प्रश्न सोध्दा उहाँ त नाजवाफ हुुनुहुँदो रहेछ,” आचार्यले भने, “अन्तर्घात रोक्न सक्नुहुन्छ ? साझा उमेदवार दिन सक्नुहुन्छ ? एक्लै चुनाव लडेर चुनाव जित्न सक्नुहुन्छ ? भनेर नेताहरूले प्रश्न सोध्दा उहाँले कुनै जवाफ दिन सक्नु भएन ।”
उनले आकांक्षीहरू को–को लैजाने, के–के कुरा राख्ने र साझा उमेदवारीबारे आकांक्षीहरूले नै आश्वस्त पार्न सक्ने वातावरणका लागि पोखराको पार्टी नेतृत्वले भूमिका निर्वाह गर्न नसकेको बताए । उक्त भेटका क्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने ‘मेयरकै लागि संघीय सरकार ढाल्ने ?’ भन्दै पोखरा कांग्रेसका नेताहरूलाई प्रश्न गरेका थिए ।
“तपाईंहरू गठबन्धनका विरुद्धमा लाग्ने हो भने संघीय सरकार ढल्न सक्छ । प्रदेशका सरकारहरू ढल्न सक्छन्,” खड्काको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने, “संघीय सरकार ठूलो कि पोखराको मेयर ठूलो, कांग्रेसले कसलाई प्राथमिकता दिने ?” उनले पोखरेलीका लागि त्यहाँ छोड्नु ठूलो लागे पनि देशको परिस्थितिका लागि सम्झौता गर्न पनि तयार हुनुपर्ने बताएका थिए ।
पोखराबाट मुख्य आकांक्षीहरू बढीमा १० जना र केही नेता आएका भए नेताहरूसँग गम्भीर संवाद सम्भव हुने र नेतृत्व कांग्रेसले लिने कुरा पनि सहज हुनेमा त्यसो हुन नसकेको उनीहरू बताउँछन् । करिब ६० जना काठमाडौं आएकामा धेरै आकांक्षी नै भएको, केही नेताको घरमा उपमेयरकै पक्का गर्नका लागि आएको र सामूहिक धारणा नभएको जस्ता कारण ध्यानाकर्षण गराउँदा पनि केन्द्रीय नेताहरू भन्दा जिल्लाकै नेताहरू कमजोर अवस्थामा उभिनुपरेको केही नेताको बुझाइ छ ।
भेटका क्रममा कांग्रेसका केही पदाधिकारीले भने सभापति देउवा पोखरा एकीकृत समाजवादीलाई दिनुपर्छ भन्नेमा ‘कन्भिन्स’ देखिएको र पोखराले राम्रै तयारीसहित ‘च्यालेन्ज’ गर्न नसके कांग्रेसको मैदानमा उभिन अरू नै आइपुग्ने संकेत गरेका थिए । -बाह«खरी डटकम
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या