
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् ।
पोखरा, ३० चैत । पोखरा महानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई नदिई अन्य सत्तारुढ गठबन्धन दललाई दिइएमा त्यसको प्रतिकार गरिने भन्दै कास्कीमा कांग्रेसहरु एकजुट भएका छन् । सामाजिक सञ्जालमा जिम्मेवार नेताहरुले अभिव्यक्ति सार्वजनिक गर्दै पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ने र चारवटै पालिकाहरुमा तामेल गरेर अघि बढे पनि प्रमुख पदहरुमा नेतृत्व कांग्रेसको नै रहने अभिव्यक्ति सार्वजनिक गरेका छन् । सचिव भानु ढकालले लेखेका छन्–‘ पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्छ । कास्की जिल्लाको पोखरा महानगर र चारवटै पालिकाहरूमा तालमेल हुन्छ, प्रमुख पदहरूमा कांग्रेसले नै नेतृत्व गर्नेछः भ्रममा नपरी घर–घर जाँउ, कांग्रेस जिताऊँ महाअभियानमा उत्साहका साथ निरन्तर बैशाख ३० गते सम्म चुनावी अभियानमा सहभागि हुन् सम्पूर्ण साथीहरूलाई हार्दिक अपिल गर्दछौं !’
हाम्रो जिज्ञासामा सचिव ढकालले भने–‘पोखराको स्थानीय संगठनलाई केन्द्रले नबुझिकन आहात पु¥याउने काम गर्छ भने केन्द्रले दिएको टिकट केन्द्रमा नै फकाई दिन्छौं । र, यहाँको स्थानीय निर्णय कांग्रेसले नै गर्न सक्षम छ भनेर देखाई दिन्छौं ।’
सचिव ढकालले मात्र होइन, नेपाली कांग्रेसका पूर्वमन्त्रीदेखि वहालवालामन्त्रीसम्म यतिबेला पोखरा र कास्कीका अन्य पालिकाहरुको प्रमुख पदमा कांग्रेसले नै नेतृत्व गर्न पाउनु पर्छ भन्दै काठमाडौं डेलिगेसन समेत गएका छन् । ७० हजारभन्दा बढि मतदाता रहेको कास्की कांग्रेसले कुनै पनि हालतमा पोखरा महानगरपालिकाको मेयर पद छाड्न तयार देखिदैंन ।
कांंग्रेसी नेताहरुको अडानका कारण यतबिेला पोखरा महानगरपालिकाको मेयरको उमेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलहरु बीच नै सहमति जुट्न सकिरहेको छैन । कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच मेयरको विषयमा सहमति जुट्न नसकेको हो ।
पटक–पटक स्थानीयरुपमा बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठकले पनि यो विषयलाई टुङ्ग्याउन नसकेपछि कांग्रेसका कस्केली नेताहरु शीर्ष नेताहरुलाई भेट्न काठमाडौं नै पुग्नु परेको हो । केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले छुट्टा–छुट्टै रुपमा शीर्ष नेताहरुसँग भेट्दै मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् ।
पोखराको मेयरको विषय नटुङ्गिए पनि गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले भने आफूलाई उपमेयरमा स्पष्ट दावी राख्दै मौंन देखिएको छ । कास्कीमा सबैभन्दा ठुलो दलका रुपमा रहेको कांग्रेस पछिल्लो समय मेयरको जिम्मेवारी लिएका एमाले नेता मानबहादुर जिसीको असफलतासँगैं झन् बलियो देखिएको छ ।
पाँच वर्षे कार्यकालमा नेकपा एमालेले घोषणा पत्रमा उल्लेख गरे अनुसार कुनै पनि काम पुरा गर्न सकेको छैन । धेरै योजनाहरु शुरुवात भएका छन्, तर त्यसपछि अघि बढ्न नै सकेका छैनन् । करोडौं रुपैयाँ घोटाला काण्डमा एमालेका कार्यकर्ताहरु नै संलग्न भएपछि महानगरपालिकाले विकास र निर्माणका काममा भन्दा बढि समय यस्तै कर्तुत र घटनाहरुको ढाकछोप गर्दामा नै बिताएको छ ।
पोखराको मेयर र उपमेयर दुवै पद जितेको एमालेले सोचेजस्तो कुनै पनि काम गर्न नसक्दा यतिबेला एमालेहरुसँग जनता सामु जाने प्रष्ट एजेण्डा र दम भने देखिदैंन । एमालेले सोचेजस्तो काम गर्न नसक्दा यतिबेला प्रतिपक्षमा रहेको कांग्रेस स्वतः महानगरपालिकाको बलियो दावेदारका रुपमा देखा परेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए