
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् ।
पोखरा, ३० चैत । पोखरा महानगरपालिकाको मेयर नेपाली कांग्रेसलाई नदिई अन्य सत्तारुढ गठबन्धन दललाई दिइएमा त्यसको प्रतिकार गरिने भन्दै कास्कीमा कांग्रेसहरु एकजुट भएका छन् । सामाजिक सञ्जालमा जिम्मेवार नेताहरुले अभिव्यक्ति सार्वजनिक गर्दै पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्ने र चारवटै पालिकाहरुमा तामेल गरेर अघि बढे पनि प्रमुख पदहरुमा नेतृत्व कांग्रेसको नै रहने अभिव्यक्ति सार्वजनिक गरेका छन् । सचिव भानु ढकालले लेखेका छन्–‘ पोखराको प्रमुख मेयर पदमा नेपाली कांग्रेसले नै नेतृत्व गर्छ । कास्की जिल्लाको पोखरा महानगर र चारवटै पालिकाहरूमा तालमेल हुन्छ, प्रमुख पदहरूमा कांग्रेसले नै नेतृत्व गर्नेछः भ्रममा नपरी घर–घर जाँउ, कांग्रेस जिताऊँ महाअभियानमा उत्साहका साथ निरन्तर बैशाख ३० गते सम्म चुनावी अभियानमा सहभागि हुन् सम्पूर्ण साथीहरूलाई हार्दिक अपिल गर्दछौं !’
हाम्रो जिज्ञासामा सचिव ढकालले भने–‘पोखराको स्थानीय संगठनलाई केन्द्रले नबुझिकन आहात पु¥याउने काम गर्छ भने केन्द्रले दिएको टिकट केन्द्रमा नै फकाई दिन्छौं । र, यहाँको स्थानीय निर्णय कांग्रेसले नै गर्न सक्षम छ भनेर देखाई दिन्छौं ।’
सचिव ढकालले मात्र होइन, नेपाली कांग्रेसका पूर्वमन्त्रीदेखि वहालवालामन्त्रीसम्म यतिबेला पोखरा र कास्कीका अन्य पालिकाहरुको प्रमुख पदमा कांग्रेसले नै नेतृत्व गर्न पाउनु पर्छ भन्दै काठमाडौं डेलिगेसन समेत गएका छन् । ७० हजारभन्दा बढि मतदाता रहेको कास्की कांग्रेसले कुनै पनि हालतमा पोखरा महानगरपालिकाको मेयर पद छाड्न तयार देखिदैंन ।
कांंग्रेसी नेताहरुको अडानका कारण यतबिेला पोखरा महानगरपालिकाको मेयरको उमेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलहरु बीच नै सहमति जुट्न सकिरहेको छैन । कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच मेयरको विषयमा सहमति जुट्न नसकेको हो ।
पटक–पटक स्थानीयरुपमा बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठकले पनि यो विषयलाई टुङ्ग्याउन नसकेपछि कांग्रेसका कस्केली नेताहरु शीर्ष नेताहरुलाई भेट्न काठमाडौं नै पुग्नु परेको हो । केन्द्रले महानगरपालिकाको निर्णय गर्ने भन्ने सहमति भएपनि कांग्रेस नेताहरुले छुट्टा–छुट्टै रुपमा शीर्ष नेताहरुसँग भेट्दै मेयरको पद छोड्न नसकिने भन्दै यदि निर्णय भएमा त्यो आत्मघाती कदम हुने चेतावनी समेत दिएका छन् ।
पोखराको मेयरको विषय नटुङ्गिए पनि गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले भने आफूलाई उपमेयरमा स्पष्ट दावी राख्दै मौंन देखिएको छ । कास्कीमा सबैभन्दा ठुलो दलका रुपमा रहेको कांग्रेस पछिल्लो समय मेयरको जिम्मेवारी लिएका एमाले नेता मानबहादुर जिसीको असफलतासँगैं झन् बलियो देखिएको छ ।
पाँच वर्षे कार्यकालमा नेकपा एमालेले घोषणा पत्रमा उल्लेख गरे अनुसार कुनै पनि काम पुरा गर्न सकेको छैन । धेरै योजनाहरु शुरुवात भएका छन्, तर त्यसपछि अघि बढ्न नै सकेका छैनन् । करोडौं रुपैयाँ घोटाला काण्डमा एमालेका कार्यकर्ताहरु नै संलग्न भएपछि महानगरपालिकाले विकास र निर्माणका काममा भन्दा बढि समय यस्तै कर्तुत र घटनाहरुको ढाकछोप गर्दामा नै बिताएको छ ।
पोखराको मेयर र उपमेयर दुवै पद जितेको एमालेले सोचेजस्तो कुनै पनि काम गर्न नसक्दा यतिबेला एमालेहरुसँग जनता सामु जाने प्रष्ट एजेण्डा र दम भने देखिदैंन । एमालेले सोचेजस्तो काम गर्न नसक्दा यतिबेला प्रतिपक्षमा रहेको कांग्रेस स्वतः महानगरपालिकाको बलियो दावेदारका रुपमा देखा परेको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई