
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २९ चैत । नेपाली कांग्रेसका पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिकाको मेयर नछोड्न दवाव दिनका लागि कास्कीका नेताहरु यतिबेला काठमाडौं पुगेका छन् । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दावी गरेपछि कांग्रेसी नेताहरु डेलिगेसनका लागि काठमाडौं गएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिकाको मेयर कुनै पनि हालतमा छोड्न नसकिने अडान राख्नेछ । पूर्वमन्त्री थापाले भने–‘पोखरामा कांग्रेस एकदमैं बलियो छ । यस्तो अवस्थामा अरुलाई जिताउनु भनेको सुसाईड जस्तै हो । अरु पदमा सहमति गर्न सकिन्छ, मेयर छोड्न सकिदैंन ।’
सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् । काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् ।
कास्कीका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका साथै ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई पोखरा महानगरले छोएको छ । पोखराका ११÷११ वटा वडा तीन वटा प्रतिनिधि सभाको क्षेत्रमा पर्छ । ‘मेयर गुमायौं भने प्रदेश र केन्द्रको चुनावमा पनि असर गर्छ’ पूर्वमन्त्री थापाले भने, ‘यो कुरा नेताहरुले बुझ्नुप¥यो नि !’
पोखराको मेयर आफूहरुले लिएर अरु पदमा छलफल गर्न सकिने भन्दै कास्कीका कांग्रेस नेताहरुले अडान लिदैं आएका छन् । जसले गर्दा यहाँ सत्तारुढ गठबन्धनका दलहरुबीच पटक–पटक वार्ता भएपनि सहमति हुन सकिरहेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरामा आएको बेलामा समेत यहाँका नेताहरुले कुनै पनि हालतमा मेयर छोड्न नसकिने बताएका थिए ।
एमालेका मेयर मानबहादुर जिसीले आफैंले सार्वजनिक गरेको घोषणापत्र अनुसारको काम गर्न नसक्नु, शुरुवात गरिएका काम र अभियान असफल हुनु, भ्रष्टाचारमा महानगरपालिका लिप्त हुनु, सयौंको संख्यामा रहेका एमाले कार्यकर्ताले राज्यको ढुकुटी दोहन गर्दा समेत महानगरपालिका मुकदर्शक हुनु लगायतका घटनाहरुले गर्दा यतिबेला पोखरामा एमालेको जनाधार कमजोर देखिएको छ ।
‘मेयर कांग्रेसले पाउनुपर्छ । अरु पदमा भने छलफल गरेर हामी लचिलो हुन तयार छौं,’ मन्त्री थापाले भने, ‘३/३ (महानगरपालिका) बाँड्ने नेताहरु बीच कुरा भएको सुनेका छौं । त्यसो हुँदा पोखरा अरुलाई दिने हो कि भन्ने शंका लागेर काठमाडौं जान लागेका छौं ।’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए