
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
गत महिना काँग्रेस महामन्त्री गगन थापाले एक कार्यक्रममा पोखरामा अब युवालाई मेयरका रुपमा अगाडी बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैमा पनि उनले ‘नन् टेष्टेष्ट’लाई जोड दिएका थिए । मेयरको आकांक्षा देखाउने अधिकांशहरु पुरानै अनुहारका भएकाले पनि यसपटक नयाँ अनुहार ल्याउँदा उपयुक्त हुने थापाको भनाई थियो । उनको यो भनाई युवा नेता किरण केसीतर्फ लक्षित थियो भन्ने केहिले बुझे ।
पोखरा, २८ चैत । पोखरामा केसी परिवारको छुट्टै रजगज छ । पोखराका अधिकांश आर्थिक, सामाजिक र राजनीतिक गतिविधीमा यो परिवारको प्रत्यक्ष संलग्नता भेटिन्छ । आहा रारा चाउचाउ उद्योग खोलेर पोखरेलीलाई मात्र होइन, सारा देशबासीलाई पहिलो पटक चाउचाउ चखाएका केसी परिवार राजनीतिमा पनि उत्तिकै योगदान दिएका छन् ।
रारा चाउचाउ उद्योगका संस्थापक सुर्यबहादुर केसी जलविद्युत आयोजनादेखि अन्य उद्योग व्यवसायमा पनि सफल थिए । पोखराका पूर्व प्रधानपञ्च केसी नेपाली काँग्रेसका सांसद थिए । सांसदकै हैसियतमा काम गर्दागर्दै गतबर्ष उनको निधन हुन पुग्यो ।
सुर्यबहादुरको निधन भएपछि उनका छोराहरुले व्यवसाय धानेका छन् । उद्योगहरु ठिकठाक चलिरहेकै छन् । सुर्यबहादुरको राजनीतिक विरासत धान्न उनका माइला छोरा किरण केसी अघि सरेका छन् । जनस्तरमै सम्बन्ध रहेका केसी परिवार प्रति राजनीतिक दलका शीर्ष नेताहरु जानकार नहुने कुरा भएन । नेपाली काँग्रेसले किरणलाई साथ लिएर उनको जनसम्पर्क पार्टीको पक्षमा ल्याउन चाहेको बुझिएको छ ।
पोखराका बरिष्ठ समाजसेवी सुर्यबहादुरका तीन भाइ छोरा प्रकाश जेठा र रोशन कान्छा छोरा हुन् । माइला छोरा किरणको चर्चा पाँच वर्ष अघि प्रदेश सांसद उम्मेदवारका रुपमा पनि छाएको थियो । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य सूर्यबहादुर केसीलाई काँग्रेस सभापति शेरबहादुर देउवा स्वयंले केसी निवासमा भेट गरी तीन भाइ छोरा मध्ये एकलाई राजनीतिमा पठाउन आग्रह गर्दै प्रदेश सांसदको टिकट दिने प्रतिवद्धता जाहेर गरेका थिए ।
त्यतिबेला छोराहरुले आफ्नों विभिन्न व्यवसायहरु सम्हालेको र अहिल्यै उनीहरुमा राजनीतिक संस्कारको विकास भइनसकेको बरिष्ठ उद्योगी केसीले देउवालाई बताएका थिए । ‘अहिलेलाई यो निर्णय नगरौं, तर पाँच वर्ष पछि मेरा तीन मध्ये एक छोरा राजनीतिका लागि तयार हुनेछन्,’ स्व.केसीले देउवालाई जवाफ दिएका थिए ।
सभापति देउवालाई यस्तो जवाफ दिएका केसीले माइला किरणलाई राजनीतिमा अघि बढ्न प्रेरित गरे । फलस्वरुप नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको सम्पर्कमा किरण पुगेका छन् । युवाउद्यमी समेत रहेका किरण सफल र कुशल व्यवस्थापक समेत हुन् । उनको शिक्षा र अनुभवलाई प्रयोग गर्दै समग्र पोखराको विकासमा एकपटक किरण होमिन चाहन्छन् ।
राजनीतिमा अघि बढ्न बुवाको निधनपछि तीन दाजुभाइले गम्भीर छलफल गरे । राजनीतिमा लागेर आम नागरिकको सेवामा लाग्न पविारले सहमति दिएपछि किरण राजनीतिमा होमिएका हुन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टी राजनीतिमा होमिएका किरण लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधी निर्वाचित भए । त्यो नै उनको राजनीतिमा सानदार ‘इन्ट्री’ थियो ।
नेपाली काँग्रेसले टिकट दिए आफु मेयर उठ्न तयार भएको केसीले बताएका छन् । पोखराको राजनीतिमा उनले टिकट पाए भने केसी परिवारबाट राजनीतिमा नयाँ उदय मात्र हुने छैन, पोखराकै लागि युवालाई अघि सार्ने मौका पनि हुनेछ ।
देशकै प्रतिष्ठित व्यवसायीक घराना केसी समुहका निर्देशक समेत रहेका युवा व्यवसायी किरण केसीलाई बधाई तथा शुभकामना दिनेहरुको लर्को लाग्यो । त्यति बेला देखिनै हिमश्री फुड्स प्रालि तथा विभिन्न हाइड्रोपावर कम्पनीका निर्देशक रहेका केसीलाई अबको स्थानीय निर्वाचनमा पोखराको मेयरको उम्मेदवारका रुपमा हेर्न थालिएको थियो ।
स्थानीय तहको निर्वाचन मिति नजिकिंदै गर्दा देश चुनावमय बन्दै गएको छ । यतिबेला देशैभरको ध्यान महानगरको मेयरमा केन्द्रित भइरहेको छ । यस्तोमा पोखरामा भावि मेयर को बन्ला ? भन्ने पनि चर्चाको विषय बनेको छ । अघिल्लो स्थानीय निर्वाचनमा पोखरामा बाजी मारेको एमालेले यसपटक घोषणापत्रमा उल्लेख गरे अनुसार काम गर्न नसक्दा कमजोर सावित भईसकेको छ । मेयर मानबहादुर जिसीको स्वास्थ्यका कारण आमनागरिकले चर्को विरोध नजनाए पनि ५ बर्षे कार्यकालमा भने उनी असफल नै देखिए ।
आफूले वाचा गरेको काम पुरा गर्न नसकेका मेयर र उनको पार्टी एमालेले आमजनतामा के भनेर मत माग्ने ? र, जनताका सामु विगत पाँच वर्षको कार्यकालको कस्तो समिक्षा गर्ने भन्ने विषयमा नै एमालेहरु रुमल्लिएका छन् । एकातिर, यतिबेला कम्युनिष्टहरुको गठबन्धन टुटेको अवस्था छ । अर्कोतिर एमाले नै चिरा परेको छ । टुक्रिएका कम्युनिष्टसमेत काँग्रेसी गठबन्धनमा लागेकाले अधिकांश स्थानमा काँग्रेसले बाजी मार्ने सम्भावना पनि उत्तिकै देखिएको छ । त्यसैले पोखराको आगामी मेयरमा बाजी मार्न यहाँ दर्जन बढि नेताहरु आकांक्षी देखिएका छन् । मेयरका आकांक्षीहरु केन्द्रिय तहका नेतादेखि कार्यकर्ता रिझाउने कसरतमा जुटिसकेका छन् ।
स्थानीय तहको निर्वाचन मिति नजिकिंदै गर्दा देश चुनावमय बन्दै गएको छ । यतिबेला देशैभरको ध्यान महानगरको मेयरमा केन्द्रित भइरहेको छ । यस्तोमा पोखरामा भावि मेयर को बन्ला ? भन्ने पनि चर्चाको विषय बनेको छ ।
कांग्रेसबाट आकांक्षीका रूपमा गतबर्ष उपमेयरमा पराजित सरस्वती गुरुङदेखि प्रदेशका बहालवाला कानुन मन्त्री बिन्दुकुमार थापा, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, कास्की काँग्रेसका पूर्व सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, महादेव गुरुङ, नेता वीरेन्द्रनारायण बिजुक्छे, युवा नेता सिरोज कोइराला लगायतले पनि मेयर पदमा इच्छा जाहेर गरेका छन् । यी मध्ये केहीले खुलेरै सामाजिक सञ्जालमार्फत् आफ्नों उम्मेदवारीका बारेमा आकांक्षा प्रकट गरेका छन् भने केही भित्री रुपमा आफ्नों दुनो सोझ्याउने कसरतमा देखिएका छन् ।
गत महिना काँग्रेस महामन्त्री गगन थापाले एक कार्यक्रममा पोखरामा अब युवालाई मेयरका रुपमा अगाडी बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसैमा पनि उनले ‘नन् टेष्टेष्ट’लाई जोड दिएका थिए । मेयरको आकांक्षा देखाउने अधिकांशहरु पुरानै अनुहारका भएकाले पनि यसपटक नयाँ अनुहार ल्याउँदा उपयुक्त हुने थापाको भनाई थियो । उनको यो भनाई युवा नेता किरण केसीतर्फ लक्षित थियो भन्ने केहिले बुझे ।
नेपाली काँग्रेसले टिकट दिए आफु मेयर उठ्न तयार भएको केसीले बताएका छन् । पोखराको राजनीतिमा उनले टिकट पाए भने केसी परिवारबाट राजनीतिमा नयाँ उदय मात्र हुने छैन, पोखराकै लागि युवालाई अघि सार्ने मौका पनि हुनेछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव