
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, २६ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले आ-आफ्नो पार्टी भित्र लबिइङ समेत शुरु गरिसकेका छन् ।
त्यसो त सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाट नै गर्ने सहमति गरेका छन् ।महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिने निर्णय भएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय गर्दै स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने सहमतिसँगै चुनावी सरगर्मी शुरु भईसकेको छ । विशेष गरी सत्तारुढ गठबन्धन दल र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा हुँदैछ । एमालेले पनि गठबन्धनका लागि अन्य दलहरुसँग छलफल प्रक्रिया अगाडि बढाई सकेको छ ।
नेकपा माओवादी केन्द्रबाट पोखरा महानगरपालिकाका लागि मेयरको उम्मेदवारहरुमा धेरै अनुहारको चर्चा भईरहेको छ । जनयुद्धकालदेखि नै सक्रिय नेताहरुदेखि युवा नेताहरुको नाम यतिबेला मेयरको चर्चामा रहेको छ । पोखराको मेयरमा कोमलनाथ बराल, झलकपाणि तिवारी, रामराज रेग्मी, विश्वप्रकाश लामिछाने, बिष्णु पौडेल, बखानसिंह तमु, ज्ञानबहादुर कोइराला, तेजकुमारी पौडेल, दीपक कोइराला, सुमन देवकोटा, गोमा ढकाल, हरिनारायण गिरी, तीर्थ लुइँटेल, डा.विशाल बास्तोला, अग्नि कँडेल, केशव पौडेल, राजु तिमिल्सिना, सृजना त्रिपाठी, कल्पना पाण्डे, पूर्णकुमारी राना गौतम (ममता), एलिसा आले गुरुङ, श्रीराम सुवेदी, बोधराज लामिछाने, गंगा पोखरेल, भीमबहादुर विक, जनक पराजुली, त्रिभुवन पौडेल, माधव पनेरु, माया गुरुङ, सोमती गुरुङ, शिवजी लामिछाने, मिन गुरुङ र प्रकाश तिवारी लगायतका नेताहरुको नाम चर्चामा रहेको छ।
क्षेत्रफलको हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिकाका रुपमा चिनिएको पोखरा महानगरपालिका पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९), कास्कीकोट माझठाना (१,४,९) कालिका (१,५) र पुरन्चौर गाउँ विकास समिति मिलेर बनेको हो । पोखरा महानगरपालिका यतिबेला ३३ वटा वडामा विभाजित रहेको छ । यस महानगरपालिकाको कुल जनसंख्या भने चारलाख दुईहजार नौंसय ९५ रहेको छ । जसमा कुलमतदाता संख्या भने दुईलाख ७ हजार सातसय १२ रहेको छ ।
२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मानबहादुर जिसी निर्वाचति भएपनि उनले आफूले घोषणापत्रमा जारी गरे अनुसारका धेरै कामहरु गर्न नै सकेनन् । त्यसो त २२ वडामा एमालेका र ११ वडामा कांग्रेसका जनप्रतिनिधिहरु निर्वाचित भएपनि पोखराको समग्र विकास र सुधारमा सोचेजस्तो काम हुनैं सकेन । त्यसैले यसपटकको स्थानीय निर्वाचनको सरगर्मी शुरुहुँदा समेत एमालेले आफ्नै घोषणा पत्रमा उल्लेख गरिएका बुँदाहरुका विषयमा महानगरपालिकामा भएका कामहरुको खुलेर प्रचारबाजी गर्न सकिरहेको छैन ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव