
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, २२ चैत । एक निजी कम्पनीले घरको आँगन र वस्तीमा झुक्याएर विना अध्ययन, सहमति र मापदण्ड विपरित हाइटेन्सन प्रसारण लाइन विस्तारका लागि बिजुलीको खम्बा गाड्दै तार विस्तार गरेपछि पोखरा वडा नं. ३० र ३१ का जनताहरु आक्रोशित भएका छन् ।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं.६ स्थित निजी कम्पनी नेपाल सोलार फार्म प्रा.लि. अन्र्तगतको सोम राधाकृष्ण सोलार फार्म (सोलार प्लान्ट)ले शक्ति र पहुँचका आधारमा सोलार कम्पनीका सञ्चालकहरुले प्रहरी प्रशासनको दुरुपयोग गर्दै स्थानीयलाई धाकधम्की देखाएर बिजुलीको खम्बा गाड्ने र तार बिस्तार गर्ने काम गरेका थिए । एकदमै जोखिमपूर्ण ढंगले मापदण्ड विपरित, मानववस्तीको नजिक, घरको भित्तैमा ४.४ मेघावट विद्युतको हाइटेन्सन लाइन जडान गर्ने काम नरोकिए पछि स्थानीयहरुले अदालतको शरण लिन पुगेका हुन् ।
पोखरा वडा नं. ३१ का सुनिता न्यौपाने, चित्रबहादुर गुरुङ, वडा नं. ३० का तारादेवी गुरुङ लगायतले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की, सोम राधाकृष्ण सोलार फार्म आयोजना रुपा गाउँपालिका वडा नं. ६, नेपाल सोलार प्रा.लि. ज्ञानोदय मार्ग, बाफल काठाडौं, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय कास्की लगायतलाई विपक्षी बनाएर पीडित स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
उच्च अदालत पोखराले स्थलगत अवलोकन गरी प्रतिवेदन बुझाउन न्यायाधीश डिल्लीराज आचार्यको इजलासले अधिकृतस्तरका कर्मचारीको संयोजकत्वमा सर्भेक्षक वा अमिन १ जना र नायव सुब्बास्तरको १ जना कर्मचारी खटाई चैतको २५ गते भित्र प्रतिवेदन बुझाउन आदेश दिएको छ ।
उक्त सोलार विद्युत आयोजनाको प्रसारण लाइन विस्तार सम्बन्धमा गण्डकी प्रदेश सरकारको सचिवस्तरीय अध्ययन समितिले सर्वोत्तम विकल्पको रुपमा जंगल तथा वस्तीहरुलाई असर नपर्ने गरी लैजान सुझाव समेत दिएकोमा कम्पनीले प्रचलित मापदण्ड विपरित वस्तीलाई नै असर पर्ने गरी लाईन विस्तार गरेको छ ।

निजी कम्पनीले घर कैं छेवैमा गाडेको बिजुलीको खम्बा देखाउँदै स्थानीय ।
सोलार प्लान्टबाट उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनबाट १५ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको लेखनाथ सव स्टेशन मार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि सो आयोजनाबाट प्रभावित हुने क्षेत्रहरुको वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय विद्युत विकास विभागबाट वातावरणीय प्रभावको अध्ययन गर्नुपर्ने शर्तमा अनुमति प्राप्त गरेपनि कम्पनीले परियोजनाको मूल संरचनास्थलको मात्र वातावरणीय प्रभाव विश्लेषण गरेको छ । जब कि त्यो लाइन विस्तारका क्रममा पर्ने मार्गमा रहेका वस्तीको कुनै पनि अध्ययन गरिएको छैन ।
उक्त निजी कम्पनीले मापदण्ड विपरित मानव वस्तीबाट हाइटेन्सन प्रसारण लाईन लैजानका लागि बिजुलीका खम्बा र तार तान्ने काम गरेपछि त्यसको विरोध गर्दै स्थानीयले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, जलश्रोत सिंचाई विकास डिभिजन कार्यालय कास्की, पोखरा महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा लिखित जानकारी समेत गराएका थिए । तर जनताले गरेको गुनासो सम्बन्धित निकायहरुबाट कुनै सम्बोधन नै नगरी सोलार फार्मका इन्जिनियरहरुले प्रहरी प्रशासनको आडमा जबरजस्ती पोल गाड्ने र तार बिछ्याउने काम गरेको स्थानीयले बताए ।
घरमैं जोडेर, खेत र सिंचाईको नहरको आडैमा माटोको खाल्डोमात्र खनेर गाडिएको यस्ता पोलहरु पल्टिँदा एक स्थानीय घाईते भएका थिए । बिजुलीको तारसहितको खम्बाले लाग्दा ती व्यक्तिको मानसिक अवस्थामा समेत गम्भिर असर पुर्याएको उनका परिवारजनले बताएका छन् । सोलार कम्पनीले अटेरी गर्दै प्रहरी प्रशासनको आडमा स्थानीयमाथि चरम थिचोमिचो गर्दा समेत जनप्रतिनिधिहरु कोही चुईक्क समेत नबोलेकोमा स्थानीयहरुले गुनासो गरेका छन् ।

बिजुलीको पोल डढेर घाईते श्रीमानका विषयमा जानकारी गराउँदै श्रीमती : घरमैं जोडेर, खेत र सिंचाईको नहरको आडैमा माटोको खाल्डोमात्र खनेर लापरवाहीपूर्ण ढंगले गाडिएको बिजुलीको पोल ढल्दा साईकलमा आईरहेका उनी घाईते भएका थिए । बिजुलीको तारसहितको खम्बाले लाग्दा उनलाई मानसिक अवस्थामा समेत गम्भिर असर पुर्याएको उनका परिवारजनले बताएका छन् । तस्विरहरु: राजेन्द्र अधिकारी/डन न्यूज

अदालतबाट खटिएका कर्मचारीहरुलाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउँदै स्थानीय ।

पोखरा वडा नं. ३० र ३१ का पीडित जनताहरु अदालतबाट खटिएका कर्मचारीहरुलाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउँदै ।


मानवबस्तीको बिचमा दोहोरो हाइटेन्सन लाइन

निजी सोलार कम्पनीले लापरवाहीपूर्ण गाडेका फलामका खम्बाहरु र त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउँदै स्थानीय

निजी सोलार कम्पनीले लापरवाहीपूर्ण गाडेका फलामका खम्बाहरु र त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराउँदै स्थानीय
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई