
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
”गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् । स्थानीय तह निर्वाचनमा पौने दुई करोड मतदाता, सबैभन्दा धेरै काठमाडौं महानगरमा ३ लाख, कम मनाङको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ जना’
काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार यसपटक ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले भाग लिदैंछन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता भएकोमा पछिल्लो पाँच वर्षमा ३५ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका हुन् । माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै आयोगले नामावली संकलन कार्य स्थगित गरेको थियो । माघ २४ गतेसम्म सूचीकृत भएका नागरिकहरुले यसपटकको स्थानीय तह निर्वाचनमा भाग लिन पाउने छन् ।
निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २४ गतेसम्म संकलन भएका नामावलीलाई वडा तहसम्म छानबिन गरी आयोगले अन्तिम नामावली आइतबार सार्वजनिक गरेको हो । जसमा मतदातामा पुरुषको संख्या बढि देखिएको छ । मुलुकमा पुरुषभन्दा महिलाको जनसंख्या बढी भए पनि मतदातामा भने पुरुषको संख्या बढी देखिएको हो । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मतदाता १ सय ८३ जना छन् ।
पाँच वर्षयता यो समुदायका ३९ जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पुरुष मतदाता महिलाभन्दा ८६ हजार २६ जना धेरै थिए । ‘जनसंख्यामा जस्तै मतदातामा पनि महिला बढी हुनुपर्ने हो तर कम देखिएका छन्,’ आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘महिलाले घर व्यवहार सम्हाल्नुपर्ने र केहीको नागरिकता नभएकाले फोटोसहितको मतदाता परिचयपत्र बनाउन समस्या भएको हुन सक्छ ।’
मतदाता सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ जना रहेको आयोगले जनाएको छ । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना छन् । स्थानीय तहअनुसार काठमाडौं महानगरमा सबैभन्दा बढी ३ लाख २ सय ४२ मतदाता छन् । पोखरामा २ लाख ७ हजार, भरतपुरमा १ लाख ८५ हजार मतदाता छन् । सबैभन्दा कम मनाङको नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ जना मतदाता छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनयता साढे ३६ लाख मतदाता बढेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘नागरिकता बनाउनेबित्तिकै जिल्ला प्रशासन र इलाका प्रशासनमा मतदाता नामावली दर्ता गराउनुपर्ने व्यवस्थाले मतदाता बढाउन सहयोग ग¥यो, १८ वर्ष पुगेकालाई निर्वाचनको अघिल्लो दिनसम्म पनि मतदातामा सहभागी गराउँदा संख्या बढेको छ,’ उनले भने ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आयोगले मंसिर १७ देखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो । यस्तै आयोगले माघ २५ देखि मतदाता नामावली संकलन रोकेर विवरण अद्यावधिक गर्न सुरु गरेको थियो ।
कुल मतदाता पुरुष बढी भए पनि वाग्मती, गण्डकी र सुदूरपश्चिममा भने महिला मतदाता बढी छन् । प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता वाग्मती प्रदेशमा छन् । आयोगका अनुसार वाग्मतीमा ३४ लाख १२ हजार ८ सय ६९ जना छन् । यसमध्ये पुरुष १७ लाख ४ हजार ८ सय ९८ र महिला १७ लाख ७ हजार ९ सय ४२ जना छन् ।
प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेकामा पुरुष १६ लाख ९९ हजार र महिला १६ लाख ४७ हजार छन् । मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० मतदातामध्ये १७ लाख ९७ हजार ९ सय ४५ पुरुष मतदाता छन् । गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् ।
लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता रहेको आयोगले जनाएको छ । सुदूरपश्चिममा १६ लाख ३२ हजार १ सय ५० मतदातामध्ये ८ लाख ६ सय ६२ पुरुष र ८ लाख ३१ हजार ४ सय ७० महिला मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार १ सय ८३ जना यौनिक तथा अल्पसंख्यक समूहका मतदाता रहेकामा मधेस प्रदेशमा सबैभन्दा बढी ६७ जना छन् । सबैभन्दा कम कर्णालीमा ३ जना छन् । प्रदेश १ मा २३, वाग्मतीमा २९, गण्डकीमा ११, लुम्बिनीमा ३२ र सुदूरपश्चिममा १८ जना यौनिक तथा अल्पसंख्यक समूहका मतदाता छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए