
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका छन् ।
काठमाडौंमा शनिबार विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने–‘कति ठाउँमा प्रचण्डजीका मान्छे जितेका छन्, कति ठाउँमा माधव नेपालजीका मान्छे जितेका छन् । स्थानीय तहमै हाम्रो भन्दा उनीहरूका मान्छे धेरै जितेका छन्, फेरि ओलीजीसँग मिले भने त हामी कसरी जित्छौं?’
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री देउवाले गठबन्धन गरेर जानुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री देउवाले भने–‘अहिले पनि नेकपा (एमाले) कमजोर नभएको र फेरि पनि माओवादी र एमाले मिल्ने सम्भावना यथावत रहेको छ । माओवादी र एमाले फुटे, हामी जिति हाल्छौं भन्ने सोचिराख्नु भएको होला । फेरि मिलिदियो भने नि के हुन्छ ?’
माओवादी अध्यक्ष दाहाल हार्ने चुनाव लड्ने मान्छे नभएको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘ओली र प्रचण्ड फुटिहाले, हामी जितिहाल्छौं भन्ने आसै नगरे हुन्छ,’ उनले भने, “प्रचण्ड हार्ने चुनाव लड्छन् ? जहाँ सजिलो हुन्छ, उतै मिलिदिन्छन् । त्यो पनि बुझ्नुस्, हामीले लेखेट्यो भने कहाँ जान्छन् ?’
आफूले नैतिक रुपमा पनि माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई गठबन्धन छोडेर जाऊ भन्न पनि नमिल्ने प्रधानमन्त्री देउवाको भनाई थियो । ‘अदालतले संसद् विघटन खारेजपछि सबैले सहयोग गरेर प्रधानमन्त्री बनिहाले । त्यहि मेरो गल्ती थियो भने भन्नुस्’, उनले प्रश्न गरे, “प्रधानमन्त्री बनाउने साथीहरूलाई ‘गेट आउट’ भन्ने मैले? त्यो कुरा भन्न मिल्छ मैले ?’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई