१फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
४स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
५कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१०कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
११आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१२पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
महिलाले अझै धेरै संघर्ष गर्न आवश्यक छ । पितृसत्ताको जग जरैबाट भत्काउन अझै धेरै महिला नेतृत्व आउनुपर्छ । आउँदो स्थानीय तहको चुनावमा पनि महिलाले नेतृत्व लिने साहस गर्नुपर्छ । अघिल्लो चुनावमै संख्यात्मक रुपमा नगन्य महिला नेतृत्वमा आएपनि उनीहरुले विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा राम्रा काम गरेका उदाहरण हाम्रै अगाडि छन् ।
महिला आन्दोलनले करीब सय वर्ष नाघिसक्दा पनि लैङ्गीक विभेदको अन्त्य हुनसकेको छैन । बरु यसका स्वरुपहरु फेरिएका छन् । महिलामाथिको विभेद, हिंसा, दमन र शोषणका रूपहरू परिवर्तन हुँदै गएका छन् । हिजो घरमा हुने विभेद आज अधिकांश कार्यलयहरुको दैलोमा पुगेको छ ।
सामाजिक संजालमै पनि स्त्रीद्धेषी विचारहरु छताछुल्ल देखिन्छन् । शैक्षिक संस्थामै बालिकामाथि भएको यौन दुरव्यवहारको घटनालाई शिक्षक महासंघ जस्तो जिम्मेबार संस्थाले गरेको ढाकछोप । यसले समाजमा महिलामाथि हुने विभेदहरु कतिसम्म गडिएर बसेको छ भन्ने स्पष्ट पार्छ ।
यद्यपि, प्रविधिको पहुँच र आधुनिक विचारधाराले महिलाका सवालहरुलाई थप फराकिलो बनाउँदै गएको कुरालाई नकार्न सकिन्न । महिला, पुरुष र अन्य लिङ्गीबीचमा समताको भाव पहिलेभन्दा विकासित हुँदै गएको पाइन्छ ।
जस्तो, हरेक ठाउँमा ३३ प्रतिशत अधिकार दिएर केही हदसम्म महिला सहभागिता बढाउन खोजेको देखिन्छ । तर, महिलाको सहभागिता बढाउन यतिमात्रै पर्याप्त हुँदैन । यसको कार्यन्वयनको पाटोलाई पनि हेर्न आवश्यक छ । स्थानीय सरकारदेखि केन्द्रसम्म महिला नेतृत्व कसरी विकास भइरहेका छन् भनेर पनि हेर्नुपर्छ ।
महिला आन्दोलनकै इतिहास हेर्दापनि कतिपय परिस्थितिमा महिलाहरुमात्र भेला हुने, र त्यसमा पुरुषलाई निशेध गरिने गरेको उदाहरण छन् । कारण, महिलाहरुले भोग्ने अधिकांश पिडा पुरुष पात्रसँग खुलेर बाड्न नसक्ने स्थिति हुन्छ । भावनात्मक रुपमा पनि महिलासँग महिलानै नजिक हुने भएकोले पनि नेतृत्वमा महिला आउनु जरुरी छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ३६ हजार ६ सय ३९ प्रतिनिधिमध्ये १४ हजार ३ सय ५६ महिला छन् । मेयरमा निर्वाचित भएका जम्मा सातजना मेयर रहेछन् । त्यस्तै, ११ जना गाउँपालिका अध्यक्ष र ६२ वडाअध्यक्ष महिला छन् । बाँकी प्रतिनिधिहरु उपमेयर, उपाध्यक्ष र सदस्य पदमा निर्वाचित छन् ।
संघीय संसद्मा समेत २ सय ७५ (५ जना रिक्त) सदस्यमा महिलाको संख्या ९० छ । जसमा प्रत्यक्ष निर्वाचित भएर आएर ६ जना सांसद छन् भने ८४ जना समानुपातिक तर्फबाट हुन् । त्यस्तै ५९ सदस्यीय राष्ट्रिय सभामा २२ जना महिला सांसद छन् । प्रदेश सभामा यस्तै तथ्यांक छ । ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने बाध्यताले पनि पहिलेको तुलानामा नेतृत्वतहमा महिलाको उपस्थिति सम्मानजनक नै देखिन्छ । यद्यपि, यो पर्याप्त भने छैन ।
महिलाले अझै धेरै संघर्ष गर्न आवश्यक छ । पितृसत्ताको जग जरैबाट भत्काउन अझै धेरै महिला नेतृत्व आउनुपर्छ । आउँदो स्थानीय तहको चुनावमा पनि महिलाले नेतृत्व लिने साहस गर्नुपर्छ । अघिल्लो चुनावमै संख्यात्मक रुपमा नगन्य महिला नेतृत्वमा आएपनि उनीहरुले विकास निर्माणसँगै सामाजिक विकृति रोक्न र महिलाका पक्षमा राम्रा काम गरेका उदाहरण हाम्रै अगाडि छन् ।
त्यसैगरी अन्य स्थानीय तहमा पनि महिलाहरुले नेतृत्व लिए महिलाको हकमा धेरै परिवर्तन ल्याउन सकिन्छ । यसको मतलब पुरुष प्रतिनिधिले गर्दैनन् भन्ने आशय मेरो हैन । तर, भावनात्मक रुपमा र भोगाइको हिसाबले पनि महिलाको कुरा महिलाले नै बुझ्ने गर्दछन् ।
यद्यपि, महिलाको नेतृत्व रहेको स्थानीय तहको प्रगती विवरण अन्यत्रको भन्दा कम छैन । भ्रष्टचार र अनियमितताका घटनामा महिला जनप्रतिनिधिको संलग्नता शून्य नै देखिन्छ । अख्तियारको तथ्यांकअनुसार २० हजार जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोगको उजुरी परेका छन् । त्यसमा एकजना पनि महिला नरहेको समाचारहरु आइरहेका छन् ।
महिला आन्दोलनकै इतिहास हेर्दापनि कतिपय परिस्थितिमा महिलाहरुमात्र भेला हुने, र त्यसमा पुरुषलाई निशेध गरिने गरेको उदाहरण छन् । कारण, महिलाहरुले भोग्ने अधिकांश पिडा पुरुष पात्रसँग खुलेर बाड्न नसक्ने स्थिति हुन्छ । भावनात्मक रुपमा पनि महिलासँग महिलानै नजिक हुने भएकोले पनि नेतृत्वमा महिला आउनु जरुरी छ ।
स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला तथा प्रत्येक वडामा एक महिला र एक दलित महिला सदस्य उठाउनैपर्ने संवैधानिक व्यवस्था छ । यही संवैधानिक बाध्यताका कारण दलहरुले पनि महिलालाई टिकट त दिए, तर प्रमुख पदमा भने पुरुषहरुकै बाहुल्यता रह्यो । अधिकांशमा उपाध्यक्ष र उपमेयरमा मात्रै चित्त बुझाउन बाध्यछन्, महिला नेतृहरु ।
यद्यपि, महिलाको नेतृत्व रहेको स्थानीय तहको प्रगती विवरण अन्यत्रको भन्दा कम छैन । भ्रष्टचार र अनियमितताका घटनामा महिला जनप्रतिनिधिको संलग्नता शून्य नै देखिन्छ । अख्तियारको तथ्यांकअनुसार २० हजार जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोगको उजुरी परेका छन् । त्यसमा एकजना पनि महिला नरहेको समाचारहरु आइरहेका छन् ।
त्यस्तै, बालविवाहमुक्त पालिका बनाउनेदेखि सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिनेजस्ता कुराहरु ती पालिकाहरुमा भएका छन् । विशेषत ः विद्यालयमा छात्रालाई निशुल्क स्यानेटरी प्याड वितरण गर्ने, हिंसामा परेका महिलाका लागि सेफ हाउस निर्माण गर्ने, सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेलगायतका काम भइरहेको देखिन्छ । यसलाई अझै देशैभरी विस्तार गर्न आवश्यक छ । महिलालाई उद्यममा जोड्न सीपमूलक कार्यक्रम गर्नेसम्मका कामहरु गर्न बाँकी नै छन् । यसको लागि स्थानीय तहको भूमिका प्रमूख हुन्छ ।
सद्भाव भड्कने डरमा कयौँ महिलाको प्रश्नलाई बज्रित गर्ने पितृसत्तात्मक संस्कृति अझै कायम छ । सिमोनले उल्लेख गरेझैँ राजनितीक र सांस्कृतिक भाष्य हिजोआज परिवर्तित स्वरुपमा आएको छ । डिजिटल युगमा हुने डिजिटल हिंसा पनि उत्तिकै बढ्दो छ । त्यसैले यसको निरुपण वा कम गर्न पनि स्थानीय तहमा महिलाको उपस्थिति दह्रो हुन आवश्यक छ ।
हुन त यहाँ, कामको कुरालाई पनि ‘कसले गर्यो ?’ भनेको आधारमा प्रचार गर्ने गरेको देखिन्छ । केही सयमअघिमात्र चन्दननाथ गाउँपालिकाकी प्रमुख लक्ष्मीदेवी पाण्डेले पुरुष प्रमुखले गरेको एक–दुईवटा कामलाई वाहवाही गर्नेले महिला नेतृत्वले गरेको कामलाई बेवास्ता गरेको बताएकी थिइन् । यसरी कामको जस लिने कुरामा पनि महिलाहरु ठगिएकै छन् । यसले पितृसत्ता तलदेखि माथिसम्म कसरी हाबी भइरहेको छ भन्ने स्पष्ट देखाउँछ ।
महिला अधिकारकर्मी सिमोन द बोउवरले आफ्नो कृति ‘द सेकेन्ड सेक्स’मा त भनेकै छिन् – ‘महिला जन्मिन्न, बनाइन्छ ।’ यसको व्याख्या गर्दै लेखक सरिता तिवारीले भनेकी छिन्, ‘यो निर्माण राजनितीक हो । सांस्कृतिक हो । जैबिक हैन ।’
यसरी संस्कृति र सभ्याताको नाममा महिलालाई घरभित्रै थुनिन बाध्य बनाइएको छ । सद्भाव भड्कने डरमा कयौँ महिलाको प्रश्नलाई बज्रित गर्ने पितृसत्तात्मक संस्कृति अझै कायम छ । सिमोनले उल्लेख गरेझैँ राजनितीक र सांस्कृतिक भाष्य हिजोआज परिवर्तित स्वरुपमा आएको छ । डिजिटल युगमा हुने डिजिटल हिंसा पनि उत्तिकै बढ्दो छ ।
त्यसैले यसको निरुपण वा कम गर्न पनि स्थानीय तहमा महिलाको उपस्थिति दह्रो हुन आवश्यक छ । वडामार्फत घरघरमा लैङ्गीक हिंसाबारे सचेतना फैलाउन आवश्यक छ । पितृसत्ता विरुद्ध हरेक महिलाले प्रतिरोधको आवाज बोल्न सक्ने बनाउँनु छ । महिला हिंसा मुक्त समाज निर्माण गर्न स्थानीय सरकारकै सक्रियता बलियो चाहिन्छ ।
तसर्थ: हरेक स्थानीय तहमा शक्तिशाली महिला नेतृत्व आजको आवश्यकता हो । ताकी आजका ‘गार्गी’हरुका प्रश्नमा कसैले प्रश्न नगरोस् । उनीहरुको प्रश्नलाई बज्रित नगरोस् । जसरी एक विद्वतसभामा विदूषी गार्गीका प्रश्न याज्ञवल्क्यजस्तो विद्वान कहलिएका पुरुषले अपमानपुर्वक निषेध गरेका थिए, त्यसरी आजका गार्गीहरुले अपमान झेल्नुनपरोस् । प्रश्न सोध्नबाट वञ्चित हुन नपरोस् ।
(लेखिका पाण्डे नेपाली कांग्रेस कास्कीका निवर्तमान जिल्ला कोषाध्यक्ष एवं महाधिवेशन प्रतिनिधी हुन् ।)