
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् । सल्लाहकार समितिका तीनजनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । सल्लाहकार समितिमा असारे काका, चित्रबहादुर आले, दीर्घ पाण्डे, शंकर खड्का र हेम खतिवडा निर्वाचनमा जान नहुने पक्षमा छन् ।
काठमाडौं, ११ चैत । स्थानीय तहको निर्वाचन लड्नुपर्ने पार्टी नीति बनाउन चाहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव अप्ठ्यारोमा परेका छन् । केन्द्रीय समिति बैठकमा विप्लवले पेस गरेको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्य विभाजित देखिएका छन् । यथास्थितिमा चुनावमा भाग लिन नहुने बहुमत सदस्यको मत छ ।
शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा बिहीबार राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएको सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले जानकारी दिए । ‘बैठकमा उठेका विषयबारे महासचिवले शुक्रबार आफ्नो मन्तव्य राख्ने कार्यक्रम छ । त्यसपछि पुनः सचिवालय बस्नेछ,’ उनले भने । विप्लवले स्थानीय निर्वाचनलाई उपयोग गर्ने, अमेरिकी सहयोग परियोजना एसिसी र पार्टीको महाधिवेशनलाई समेटेर प्रस्ताव पेस गरेका थिए । एमसिसीको विरोधमा देशव्यापी मोर्चा बनाएर जानुपर्ने धारणा धेरैको छ । महाधिवेशन छिटो गर्नुपर्नेमा उनीहरूको जोड छ ।
बैठकमा ६८ जना केन्द्रीय सदस्यसहित, चारजना सचिवालय सदस्य र चारजना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् । सचिवालयका सदस्यहरूले बैठकको सुरुवातमै आफ्नो धारणा राखेका थिए । सचिवालयका खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरले निर्वाचनमा सहभागी हुनुपर्ने विप्लवको प्रस्तावमा समर्थन जनाएका छन् भने हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोल बहिष्कारको लाइनमा छन् । ६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् ।
सल्लाहकार समितिका तीनजनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । सल्लाहकार समितिमा असारे काका, चित्रबहादुर आले, दीर्घ पाण्डे, शंकर खड्का र हेम खतिवडा निर्वाचनमा जान नहुने पक्षमा छन् । बैठकमा केन्द्रीय सदस्य वसन्त श्रेष्ठले चुनावमा सहभागी भएर क्रान्तिको झन्डा बोकिरहने ग्यारेन्टी के छ भन्दै प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए । उनलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘निर्वाचनलाई उपयोग गर्ने भन्दै चुनावमा गएका पार्टीहरू त्यहीँ भुलेका छन् । हामी त्यहाँबाट उम्किएर फर्किन्छौँ भन्ने ग्यारेन्टी के छ ?’ बैठकमा नेतृत्व केन्द्रीकरणको विषयमा समेत प्रश्न उठेको छ । बैठकमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले केन्द्रीकरण गर्दा पार्टीमा जनवादको गलत अभ्यास हुन लागेको भन्दै प्रश्न गरेका थिए । -नयाँ पत्रिका
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए