
१पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
२विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
३साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
४पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
५रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
६कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
७उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
८गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
९कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
१२पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
पोखरा, २२ फागुन । विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व माधव प्रसाद मिश्रले सम्हालेका छन् । प्रतिष्ठानको शनिबार भएको छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन् ।
सदस्यमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि पौडेल, सुरज उपाध्याय र शालिकराम देवकोटा छन् । निवर्तमान अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मी र संरक्षक विश्वप्रकाश लामिछाने अध्यक्ष मण्डलमा थिए ।
सल्लाहकार रेग्मीले सहिद विजय ढकाल नेपाली क्रान्ति र परिवर्तनसँग जोडिएको नाम रहेको उल्लेख गरे । उनले विजय ढकाल एक सच्चा क्रान्तिकारी भएको आंैल्याए । सहिदको बलिदानीबाट बनेको राजनीतिक पार्टीको नेतृत्व तहबाट सहिद, बेपत्ता, घाइते, अपांगहरुको बलिदानलाई अवमूल्यान गरिएको उनको गुनासो छ ।
उनले भने, ‘देशको आमूल परिवर्तन तथा राष्ट्रिय स्वाधीनताका पक्षमा र साम्राज्यवाद तथा विस्तारवाद नीतिका विरोधमा क्रान्ति हुन्छ । क्रान्ति मर्दैन । मर्न दिनु पनि हुँदैन । क्रान्ति एकले नगरे अर्कोले गर्छ ।’
प्रतिष्ठानका संरक्षक विश्वप्रकाश लामिछानेले सहिदको सपना र भावनालाई समातेर हिँड्नुपर्नेमा जोड दिए । सहिदको सपना र भावनालाई समाजका स्थापित गराउन आग्रह गरे ।
‘विजय ढकाल समाजका लागि एक सच्चा क्रान्तिकारी थिए । समाजमा क्रान्ति, प्रतिक्रान्तिकारी चलिरहन्छ । हाल, क्रान्ति होइन, प्रतिक्रान्ति चलेको छ । क्रान्ति उत्कर्षमा पुग्दा उन्मादमा र क्रान्ति ओझेलमा पर्दा निराशामा पर्ने व्यक्ति क्रान्तिकारी हुन सक्दैन,’ लामिछानेले भने ।
अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी सदस्य कल्पना चिलुवाल, महासचिव भीम रानाभाट, कोषाध्यक्ष माधवप्रसाद मिश्र लगायतले बोलेका थिए । सहिद विजय ढकाललाई सबै सहिदको प्रतिनिधि पात्र मानेर सहिदको सम्मान एवं उनीहरुको त्याग र बलिदानलाई समाजमा स्थापित गराउने उद्देश्यले २०६३ मा प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानले पोखराको सहिदचोकस्थित सहिद पार्क, सहिद पार्कमा सहिदहरुको स्तम्भ र बेपत्ताहरुको स्मृतिमा प्रतीक्षालय निर्माण गरेको छ । प्रतिष्ठानले स्याङ्जाको सतौंमा समेत सहिदपार्क निर्माण गरेको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा