
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएकोमा खुशी व्यक्त गरेका छन् । आज सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले भने–‘हिजो एमसिसि पास भएपछि म निकै खुसी भएको छु । हाम्रो देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफूले पार्टीका नेताहरुसँग देशलाई दुर्घटनामा जान नदिन व्याख्यात्मक घोषणालाई जोडेर पास गर्ने प्रस्ताव राखेको प्रचण्डले सुनाए । यो महाकाली सन्धिमा गरेको संकल्प प्रस्ताव जस्तो नभएको बताए । यस अघि एमसीसीका विषयमा छलफल विवाद चर्किदाँ राजनीतिक दलहरु र समाज नै विभाजनमा जाँदा संविधान र लोकतन्त्रमाथि घात हुन्छ कि भन्ने लागेर सहमति जुटाउने उपाय खोजेको थिए, अध्यक्ष प्रचण्डले भने–‘तर आफूलाई नै भिलेनका रुपमा प्रस्तुत गर्न खोजियो ।’
एमसीसीको विषयले गर्दा पछिल्लो समय गठबन्धन टुट्ने मात्र होइन, शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने खतरा देखेपछि आफूले कांग्रेस र एमाले मिलेर पास गर्नसमेत सुझाएको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘एग्री टु डिसएग्री गरौं । गठबन्धन नटुट्ने गरी हमी विपक्षमा मत हाल्छौं, तपाईंहरु पक्षमा हाल्नस् पनि भनेँ ।’
तर अर्कै समीकरण बन्ने र सबथोक पुरानै ठाउँमा जाने खतरा देखेपछि आफू, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पूर्व परराष्ट्रसचिव अर्जुनबहादुर थापालाई भेटेको उनले सुनाए । थापाले भियना कन्भेन्सन अनुसार आधिकारिक रुपमा व्याख्यात्मक घोषणा ग¥यो भने कानुनी मान्यता पाउने बताएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई उज्यालो देखिएको जस्तो भयो ।’
संसदबाट अनुमोदन गर्ने प्रवधान थप्नुका साथै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा नेपाल पनि इण्डो प्यासिफिक स्ट्राटेजीमा सामेल भएको प्रचार भएपछि एमसीसी विवादमा परेको प्रचण्डले बताए ।
तत्कालीन नेकपाको कार्यदलले यथास्थितिमा अनुमोदन नगर्न सुझाव दिएपछि आफूले संकल्प प्रस्ताव पास गरेर अनुमोदन गर्ने विकल्प अघि सारेको तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएको उनको दाबी छ ।
आफूहरुले अधिवक्ता गोविन्द बन्दीसँग छलफल गरेको र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसमा काम गरिरहेको थाहा पाएको प्रचण्डले सुनाए । त्यही बेला आफूलाई अन्तर्राष्ट्रिय कानुनका जानकार डा. सूर्य सुवेदीले चार पृष्ठको पत्र पठाएको भन्दै उनले भनेका छन्, ‘चार पेजको चिठ्ठीमा उहाँले एमसीसी यथास्थितिमा पास नगर्ने कानुनी बाटो झ्याङ्ग पार्नुभएको छ ।’
सार्वभौम संसदले पास गरेको व्याख्यात्मक घोषणालाई कागजको खोस्टो भन्नु भ्रम भएको समेत प्रचण्डले बताए । ‘संकल्प मात्र होइन, अन्तर्राष्ट्रिय कानुनद्वारा स्थापित प्रक्रिया र मान्यता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी सबैले गर्व गर्नुपर्छ । नेपाल समाज विभाजित हुनबाट बचेको छ । विकासलाई निकास दिएको छ, हाम्रो सार्वभौमसत्ता, संविधान कानुन स्वतन्त्र अडान स्थापित पनि भएको छ ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई