
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौतालाई एक ठग पत्र भएको आरोप लगाउँदै यो अन्तर्राष्ट्रिय कानुन विपरीत भएको दाबी गरेका छन् । उनले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत छन् र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती दिए ।
नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई र उनका निकटस्थहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । आइतबार राति संसद् बैठकमा भएको दबाफार छलफलको क्रममा रावलले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवा जी र उहाँका सल्लाहकारहरू आउनुस् मलाई आधा घण्टा समय दिनुस् । एमसीसीको मूल सम्झौता, कार्यान्वयन सम्झौता र त्यसका धारा दफाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र स्वाधिनतामा कसरी आघात पुर्याउँछन् म प्रमाणित गरिदिन्छू । के मलाई समय दिइन्छ ?’, रावलले भने,’को विद्वान र को सल्लाहकार हुनुन्छ आउनोस् । प्रत्येक धारा र दफा ल्याएको छु मैले । मलाई थाहा छ जसले हतारमा राष्टंरियताको यति गम्भीर विषयलाई पास गर्न खोज्दै छ यही नै राष्ट्रिय हित विपरीत छ ।’
यस्तै उनले कुनै पनि देशप्रति जिम्मेवार सरकारले रातारात संविधान मिचेर यसरी संसद्मा पेस नगर्ने भन्दै एमसीसीप्रति आशंका व्यक्त गरेका थिए । यसवाहेक उनले महाकाली सन्धिको संकल्प प्रस्तावको प्रसंग कोट्याउँदै प्रधानमन्त्री देउवालाई उक्त संकल्प प्रस्ताव माग समेत गरेका थिए ।
उनले भनेका थिए,’प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई म सोध्न चाहन्छु । महाकाली सन्धिको संकल्प प्रस्ताव कहाँ छ रु जवाफ दिनोस् ।’ एमाले नेता तथा पूर्वमन्त्री रावलले यसअघि देखि नै एमसीसीको विरोध गर्दैआएका छन् । -कान्तिपुर
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई