
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
काठमाडौं, ११ फागुन । संसद्मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका छन्।
सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० कम्प्याक्ट ८ फागुनमा प्रतिनिधि सभामा टेबल गरेको छ। ५० करोड डलर अनुदान प्राप्त हुने यो परियोजनाबारे समर्थन र विरोध भएको देखिन्छ। विद्युत् प्रसारण लाइन र सडकको स्तर सुधार गर्न एमसीसी अन्तर्गतको अनुदान लिने विषयमा सत्ता गठबन्धनमै दुई थरी धारणा देखिएका छन्।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा देखिएको छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले यसको विरोध गरेका छन्।
एमसीसीलाई यो चरणसम्म ल्याउन भने कुनै न कुनै रूपमा सरकारमा पुगेका सबै दल संलग्न भएको देखिन्छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादी नेता जर्नादन शर्मा अर्थमन्त्री भएका वेला संसद्मा टेबल भएको यो सम्झौता नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री रहेका वेला ३० असार २०७६ मा संसद्मा दर्ता भएको हो।
२९ भदौ २०७४ मा एमसीसी सम्झौतामा हस्ताक्षर हुँदा देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री थिए। त्यस्तै, १८ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महराले एमसीसीसँग सम्झौता वार्ता गर्न टोली गठन गरे।
एमसीसी कम्प्याक्टको मस्यौदा गर्न प्राविधिक अनुदान स्वीकार गर्ने तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्मिलित सरकारको निर्णय थियो। त्यस्तै, स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री भएका वेला २३ चैत २०७१ मा निर्देशक समिति गठन भयो।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री र माओवादी नेता वर्षमान पुन अर्थमन्त्री भएका वेला २७ माघ २०६८ मा एमसीसीसँग समन्वय गर्न अर्थ मन्त्रालयका वैदेशिक सहयोग हेर्ने सहसचिवलाई सम्पर्क व्यक्ति तोकियो।
नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र स्वर्गीय भरतमोहन अधिकारी अर्थमन्त्री भएका वेला एमसीसीसँग ‘मिटिङ नोट’ तयार भएको थियो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री र एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका वेला नेपालले पहिलो पटक एमसीसीमा आबद्ध हुन रुचि जाहेर गरेको थियो। – हिमाल खबर
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार