
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) अनुदानको विषयमा राजनीतिक पार्टीहरूमा ध्रुवीकरण भइरहेका बेला नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बानेश्वरमा बसेको थियो।
बानेश्वरको अर्याल होटलमा बसेको एकीकृत समाजवादी बैठकले एमसिसीबारे निर्णय गरेको छ। तर, निर्णय दुई थरी आएका छन्, नेताहरूकै धारणा पनि भिन्न आएका छन्।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पहिलो र दोस्रो जारी गरे भने त्यसलाई काटेर महासचिव वेदुराम भुसालले अर्को विज्ञप्ति जारी गरेका छन्।
सुरूमा खतिवडाले दुई वटा विज्ञप्ति जारी गरेका थिए। उनले जारी गरेको पहिलो विज्ञप्तिमा एमसिसी संसदमा टेबल गर्न दिने/नदिने विषयमा उल्लेख छैन।
उनले जारी गरेको दोस्रो विज्ञप्तिमा भने विज्ञप्तिमा संसदको अवरोध हटेर राजनीतिक सहमति भए टेबल हुन दिने विषयमा सैद्धान्तिक सहमति भएको उल्लेख छ। खतिवडाले दुई खाले विज्ञप्ति जारी गरेपछि अन्तिममा महासचिव भुसालले जारी गरेका थिए।
उनले जारी गरेको विज्ञप्तिमा एमसिसी प्रतिनिधिसभामा टेबल गर्न दिने निर्णय उल्लेख छ। त्यसअघि खतिवडाले जारी गरेको विज्ञप्तिमा यथाअवस्थामा एमसिसी पारित गर्न नसकिने पूर्ववत् पार्टी निर्णयलाई कायम राखिएको उल्लेख थियो।
एमसिसीका विषयमा खुला बहस नगरिकन अगाडि बढाउन निर्णय गरिएको उल्लेख थियो। एमसिसी र समसामयिक विषयमा निर्णय गर्न सचिवालयलाई अधिकार दिइएको खतिवडाले जारी गरेको विज्ञप्तिमा छ।
‘संसदको अवरोध हटेर राजनीतिक दलहरूको बीचमा सहमति भएमा सार्वभौम संसदमा टेबल गर्न सकिने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरेको छ, तर संशोधन नभएको एमसिसी कम्प्याक्ट टेबल हुने कुरा औचित्यपूर्ण नहुने र एकीकृत समाजवादी जबरजस्ती गरेर टेबल गर्ने पक्षमा छैन,’ खतिवडाको विज्ञप्तिमा उल्लेख छ।
खतिवडाले जारी गरेको पहिलो र दोस्रो विज्ञप्तिका आधारमा सञ्चारमाध्यमले समाचार बनाएका थिए। तर, लगत्तै महासचिव भुसालले अर्को विज्ञप्ति जारी गरे। उनले जारी गरेको विज्ञप्तिमा एमसिसीलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको उल्लेख छ।
‘वर्तमान परिस्थितिका सम्बन्धमा अध्यक्ष कमरेडले प्रकाश पार्नुभएको थियो भने एमसिसीका सम्बन्धमा सम्मानित नेता झलनाथ खनालले एमसिसी कम्प्याक्ट अध्ययन समूहले तयार पारेको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो,’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्पश्चात् बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरूले दुबै विषयमा आ-आफ्ना धारणा राख्नुभएको थियो।’
बैठक सकिएपछि एमसिसी विषयमा समाजवादीका नेताबाट फरक-फरक अभिव्यक्ति आए। खतिवडाले एमसिसी यथाअवस्थामा टेबल नहुने निर्णय भएको बताए। भुसालले यथाअवस्थामा टेबल हुन दिने र संसदबाट राय परामर्शपछि निकास दिन सकिने अभिव्यक्ति सार्वजनिक गरे।
स्थायी कमिटी सदस्य तथा सहरी विकास मन्त्री रामकुमारी झाक्रीले मिडियाहरूमा भुसालले जारी गरेको विज्ञप्तिमा आधारित भएर प्रतिक्रिया दिएकी थिइन्।
नेता झलनाथ खनालले त एमसिसी प्रतिनिधिसभामा टेबल हुने विषयमा कुनै निर्णय नभएको बताएका थिए, जबकि बैठकमा उनैले एमसिसी प्रतिवेदनको निष्कर्ष सुनाएका थिए।
एमसिसीमा सत्तारूढ प्रमुख दलभित्र मतभेद छ। कांग्रेस यथाअवस्थामै संसदमा एमसिसी टेबल गर्नुपर्ने पक्षमा छ। माओवादी केन्द्र एमसिसी टेबल हुन नदिने पक्षमा छ।
एमसिसीमा एकीकृत समाजवादीभित्र दुई धार देखिएका छन्। खनाल र खतिवडाले एमसिसीको विरोध गरिरहेका छन्। अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसालले एमसिसीको विरोध गरेका छैनन्। भुसाल नेपालनिकट नेता हुन्।
शनिबारको बैठकमा एकीकृत समाजवादीको तर्फबाट बोल्ने मन्त्रीहरूले एमसिसी टेबल हुन दिनुपर्ने र पास नै गर्नुपर्छ भन्दै बोलेका थिए। नेपाल एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा छन्।


१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव